म्याच फिक्सिङको आरोपमा पक्राउ परेका खेलाडीहरुले कुन खेलमा कति पैसा खाए ?

असोज २८

म्याच फिक्सिङको आरोपमा पक्राउ परेका खेलाडीहरुले कुन खेलमा कति पैसा खाए ?

काठमाडौं– नेपालको झण्डा बोकेर अन्तर्राष्ट्रिय मैदानहरुमा प्रतिस्पर्धा गर्न गएका नेपाली राष्ट्रिय फुटवल टिमका कप्तान सागर थापासहितका पाँच खेलाडीले विभिन्न ६ अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा मोटो रकम लिएर फिक्सिङ खेलेको पुष्टि भएको छ ।Football-fixing

प्रहरीका अनुसार खेलाडी स्वयम्ले फिक्सिङ खेलेको स्वीकार गरेका छन् । म्याच फिक्सिङ गरेको आरोपमा प्रहरीले बुधवार कप्तान थापा सहित रितेश थापा, सन्दिप राई, पुर्व खेलाडी विकास सिंह क्षेत्री र अन्जन केसीलाई पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरुले म्याच फिक्सिङ गरी नेपाली फुटवल टिमलाई हराउँदै मोटो रकम लिएर खाने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

राष्ट्रिय टिमका खेलाडीहरुले सन् २००८ मा आयोजित मोर्डेका कपमा अफगानिस्तानसँग २–२ गोलको बरबरी खेल्ने शर्तमा पाँच हजार अमेरिकी डलर लिएका थिए ।
सन् २००९ मा भएको साफ च्याम्पियनसिपमा समेत फिक्सिङ खेल्दै उनीहरुले तीन हजार डलर लिएर दामासाहीमा बाँडेर खाएको प्रहरीले जनाएको छ ।

सन् २०११ मा मलेसियासँगको मैत्रीपुर्ण खेलमा २–० ले खेल हार्ने सर्तमा ५ हजार डलर लिएका खेलाडीहरुले सोही बर्ष फिलिपिन्ससँग भएको मैत्रीपुर्ण खेलमा ४–० गोल अन्तरले हार्ने शर्तमा ५ हजार डलर बुझेका थिए ।
त्यस्तै सन् २०१२ मा भारतमा भएको नेहरु कपमा क्यामरुनसँग ४–० ले हार्ने सर्तमा प्रति खेलाडी ५ हजार लिनेगरी मैदान छिरेका खेलाडीहरुले अन्तिम अवस्थामा पैसा नपाएको बताएका छन् । प्रहरीका अनुसार क्यामरुनसँगको खेलको अन्ततिर गोल किपर रितेश थापाको ठाउँमा खेलाडी परिवर्तन हुँदा ५–० गोलले हारेसँगै फिक्सरहरुले उनीहरुलाई रकम दिन अस्विकार गरेका थिए ।

यसैगरी सन् २०१४ मा कोरियामा भएको यु–२३ एसिएन च्याम्पियनसीमा खेल हार्ने शर्तमा नेपाली खेलाडीहरुले प्रति ब्यक्ति ५ हजार अमेरीकी डलर बुझेका थिए ।
म्याच फिक्सीङमा संग्लग्न खेलाडीहरुलाई राज्य बिरुद्धको अपराध अन्तर्गत कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको अपराध महाशाखाले जनाएको छ ।
खेलाडीहरुले थ्रि स्टार क्लवका पुर्व प्रशिक्षक अञ्जन केसी मार्फत वेस्र्ट युनियन मनी ट्रान्सफर र साइबर मनी ट्रान्सफर बाट रकम लिने गरेको पाइएको छ । मनि ट्रान्सफर मार्फत यसरी नेपाली खेलाडीहरुलाई पैसा पठाउनेमा सिंगापुरका विल्सन राज, टिटानी पेरिएसामी र केशाभन पाट्टन रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मनी ट्रान्सफरबाट पैसा बुझ्नेमा अन्जनबाहेक रितेस पनि संग्लग्न भएको पाइएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल