संकटमा युनाइटेड, अडुरिजको ५ गोल

कार्तिक १९  |   एजेन्सी

संकटमा युनाइटेड, अडुरिजको ५ गोल

_92249965_rooney-main-epaम्यान्चेस्टर – खराब लयबाट गुज्रिरहेको इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड थप संकटमा परेको छ । फेनरबाचेसँग पराजित भएपछि जोसे मोरिन्होको टोली युरोपा लिगको समूह चरणबाट बाहिरिने खतरा बढेको छ ।

फेनरबाचेको घरेलु मैदानमा भएको खेलमा युनाइटेड १–२ गोल अन्तरले पराजित भएको हो ।

स्ट्राइकर मोउसा सोले फेनरबाचेले ६५ सेकेण्डमा नै अग्रता दिलाएका थिए । उत्कृष्ट ओभरहेड किकमार्फत गरेको प्रहारले बल गोलकिपर डेभिड डि गेयालाई छल्याउँदै जाली चुमेको थियो ।

खेलको दोस्रो हाफमा जर्मेन लेन्सले फ्रिकिक मार्फत गोल गर्दै अग्रता दोब्बर बनाए ।

खेलमा युनाइटेडले ७० प्रतिशतभन्दा बढी बल आफ्नो नियन्त्रणमा राखे पनि बिरलै विपक्षीको पोष्टमा आक्रमण गरेको थियो । कप्तान वेयन रुनीले खेलको अन्त्यतिर सान्तवना गोल गरे ।

खेलमा विश्वकिर्तिमानी खेलाडी पाउल पोग्बा घाइते हुँदै पहिलो हाफमा मैदान छाड्नुपरेको थियो ।
_92245635_sow1-epaपराजयसँगै युनाइटेड फेयेनुर्ड र फेनरबाचेपछि समूह ए को तेस्रो स्थानमा सिमित बनेको छ । अब मात्र दुई खेल बाँकी रहेको छ ।

पराजयपछि रुष्ट मोरिन्होले खेलाडीहरुले हिजोको खेललाई मैत्रिपूर्ण खेलजस्तो गरी खेलेको भन्दै अलोचना गरे ।

उता, आरिटज् अडुरिज एक्लैले ५ गोल गरेपछि स्पेनिस क्लब एथ्लेटिक बिल्बाओले केआरसी जेन्कलाई ५–३ गोल अन्तरले पराजित गरेको छ ।

जितसँगै बिल्बाओ समूह एफको दोस्रो स्थानमा उक्लेको छ । जेन्कसँग समान ६ अंक भए पनि गोल अन्तरको आधारमा बिल्बाओ दोस्रो स्थानमा सिमित बनेको हो ।

_92250251_saintsहिजै भएको अर्को खेलमा साउथह्याम्पटनले इन्टर मिलानलाई २–१ गोलअन्तरले पराजित गरेको छ । खेलमा माउरो इकार्डीले इन्टरलाई अग्रता दिलाए पनि खेलको दोस्रो हाफमा भिरगिल भान डिज्क र युटो नागामोटोको आत्मघाती गोलको मद्दतले साउथह्याम्पटन विजयी बन्यो ।

पराजयसँगै इन्टर समूह के को पुछारमा रहेको छ भने साउथह्याम्पटक दोस्रो स्थानमा रहेको छ ।

इटालियन क्लब एएस रोमाले भने अस्ट्रिया भियानालाई ४–२ गोलअन्तरले पराजित गर्न सफल रह्यो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल