घरेलु मैदानबाहिर वेस्ट इन्डिजको बिरलो जित

कार्तिक १८  |   एजेन्सी

घरेलु मैदानबाहिर वेस्ट इन्डिजको बिरलो जित

pak-vs-wiसारजाह – वेस्ट इन्डिजले पाकिस्तानविरुद्धको तेस्रो टेस्टमा ५ विकेटको जीत हासिल गरेको छ । पाकिस्तानले प्रस्तुत गरेको १५२ रनको लक्ष्य वेस्ट इन्डिजले ४३.५ ओभरमा पाँच विकेटको क्षतिमा सफलतापूर्वक पछ्याएको हो ।

वेस्ट इन्डिजले सन् २००० पछि घरेलु मैदानबाहिर टेस्ट जितेको यो तेस्रो अवसर मात्र हो । त्यसमाथि पनि टेस्ट बरियतामा आफूभन्दा माथि रहेको टोलीलाई सन् २००७ पछि पहिलो पटक हो । यसअघि वेस्ट इन्डिजले बंगलादेश र जिम्बावेलाई हराएको थियो । सन् २००० पछि घरेलु मैदानबाहिर खेलिएका ७६ टेस्टमा वेस्ट इन्डिजले ५६ टेस्टमा पराजय बेहोरेको छ ।

पाकिस्तानले प्रस्तुत गरेको लक्ष्य पछ्याउन म्यान अफ द म्याच घोषित केभिन ब्राथवेटले ६० रन बनाए भने विकेट किपर सेन डोरिचले पनि समान ६० रनको योगदान दिए ।

पाकिस्तानका लागि याशिर शाह र वाहव रियाजले क्रमशः ३ र २ विकेट लिए पनि हार जोगाउन सकेनन् ।

यसअघि पहिलो इनिङमा पाकिस्तानले २८१ रन बनाएको थियो जसको जवाफमा वेस्ट इन्डिजले ब्राथवेटको १४२ रनको मद्दतले ३३७ रन बनायो । पाकिस्तान दोस्रो इनिङमा २०८ रनमा सिमित बनेको थियो ।

पराजयका बावजुद पाकिस्तानले सिरिजमाथि २–१ ले कब्जा जमाएको छ । पाकिस्तानका याशिर शाह म्यान अफ द सिरिच चुनिए । उनले तीन टेस्टमा २१ विकेट लिन सफल भए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल