आइसिसी विश्वकप क्रिकेट छनोट : नेपालको पपुवा न्युगिनीमाथि सानदार जित

असोज २८

आइसिसी विश्वकप क्रिकेट छनोट : नेपालको पपुवा न्युगिनीमाथि सानदार जित

काठमाडौँ – आइसिसी १९ वर्षमुनि (यु–१९) को विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले पपुवा न्युगिनीलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।

criketमलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल खेल मैदानमा आज भएको सो प्रतियोगितामा नेपाली युवा टोलीले पपुवा न्युगिनीमाथि ९ विकेटको सानदार जित हासिल गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले पपुवा न्युगिनीले दिएको ४९ रनको लक्ष्यलाई नेपालले खेलको ९।१ ओभरमा एक विकेट गुमाउँदै भेटायो । नेपालले गतिलो बलिङ गरेपछि पहिले ब्याटिङ गरेको पपुवा न्युगिनी २८।२ ओभरमा ४८ रन जोड्दै अलआउट भएको थियो ।

प्रतियोगितामा सुनिल धमलाले अविजित २४ रनको योगदान दिए भने योगेन्द्र सिंह कार्कीले १६ तथा सन्दीप सुनुवारले ४ रन जोडे ।

प्रतियोगितामा पपुवा न्युगिनीका सुरुवाती नौ ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेका थिएनन् । दशौँ नम्बरमा ब्याटिङ गर्न आएका न्यू टुवा ११ रनमा अविजित रहे । त्यस्तै ११औँ नम्बरमा ब्याटिङ गर्न आएका लोहिया गुवाले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।

प्रतियोगितामा नेपालको बलिङतर्फ सुनिल घमलाले ५ विकेट लिए भने आरिफ शेख ३ तथा सुशील कँडेलले १ विकेट लिए ।

उक्त छनोट प्रतियोगितामा नेपालसहित अमेरिका, आयरल्यान्ड, युगान्डा र पपुवा न्युगिनी सहभागी छन् । नेपालले आफ्नो दोस्रो खेलमा शुक्रबार युगान्डासँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि मलेसियामा भएको आइसिसी यु–१९ प्रिमियर लिगमा नेपाल उपविजेता भएको थियो । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले आगामी वर्ष बङ्गलादेशमा हुने १९ वर्षमुनिको विश्वकप च्याम्पियनसिप खेल्न पाउनेछ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल