जोसे मोरिन्होलाई प्रतिबन्ध र जरिवाना

जोसे मोरिन्होलाई प्रतिबन्ध र जरिवाना

म्यान्चेस्टर – म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होलाई एक खेलका लागि टचलाइनमा प्रतिबन्ध र दुई छुट्टा–छुट्टै घटनाका लागि ५८ हजार पाउण्ड जरिवानाको सजाय सुनाइएको छ ।

शनिबार बर्नलीविरुद्धको खेलको दौरान पोर्चुगिज प्रशिक्षकलाई रेफ्री मार्क क्लाटनबर्गले टचलाइनबाट स्ट्याण्डमा पठाएका थिए ।
_92232770_mourinho_rexउक्त घटनाका लागि उनले अब आइतबार स्वान्सीविरुद्धको खेलमा टचलाइन प्रतिबन्ध खेप्नुपर्नेछ भने ८ हजार पाउण्ड जरिवाना तिर्नुपर्नेछ ।

त्यस्तै, रेफ्री एन्थोनी टेलरको बारेमा दिएको अभिव्यक्तिका लागि मोरिन्होले ५० हजार पाउण्ड तिर्नुपर्नेछ ।

गत अक्टोबर १७ मा लिभरपुलविरुद्धको खेलअघि मोरिन्होले रेफ्री टेलरलाई उक्त खेल खेलाउन ‘गाह्रो’ हुने बताएका थिए ।

इंग्ल्याण्डको फुटबल एसोसिएसनले जारी गरेको विज्ञप्तिमा मोरिन्होले आफ्नो प्रतिक्रिया गलत भएको स्वीकार गरेको तर यसले खेललाई बदनाम नगरेको प्रतिक्रिया दिएको बताइएको छ ।

तर, एफएको छुट्टै अनुशासन आयोगले भने मोरिन्होको प्रतिक्रिया गलत र खेल भावनाविपरित भएको भन्दै जरिवाना र प्रतिबन्ध गराउने निर्णय गरेको हो । आयोगले मोरिन्होलाई यस्तो क्रियाकलाप फेरि नदोहोराउन चेतावनीसमेत दिएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल