छ गोलको थ्रिलरमा रियल रोकियो, डर्टमण्ड नकआउट चरणमा

कार्तिक १८

छ गोलको थ्रिलरमा रियल रोकियो, डर्टमण्ड नकआउट चरणमा

39ff034900000578-0-image-a-7_1478118741008वार्स – ६ गोलको रोमाञ्चक खेलमा लेगिया वार्ससँग बराबरीमा रोकिएपछि डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश पाउन अझै पर्खनु पर्ने भएको छ । बुधबार राती सम्पन्न खेलमा रियल ३–३ गोलको बराबरीमा रोकियो ।

वेल्सका फरवार्ड गेराथ बेलले च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा चाँडो गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । खेलको ५७ औं मिनेटमा उत्कृष्ट भलीमाफर्त गोल गरेका थिए ।

39fed9b400000578-0-image-a-2_1478118663743
उनैको पासमा करिम बेन्जेमाले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए ।

तर, त्यसको केही मिनेटमा नै वार्सका भाडिस ओडजिडा–ओफोइले गोल गरेपछि पहिलो हाफ २–१ को स्थितिमा टुंगियो ।

खेलको दोस्रो हाफमा मिरोस्लाभ राडोभिच र थियाबल्ट मोलिनको गोलको मद्दतले वार्सले अप्रत्यासित रुपमा अग्रता लियो ।

खेलको अन्त्यतिर माटेयो कोभाचिचले गोल गर्दै प्रशिक्षक जिनेदिन जिदानको प्रशिक्षकको रुपमा १०० औँ खेलमा महत्वपूर्ण एक अंक दिलाए ।

39fed69800000578-0-image-a-10_1478118752303
बराबरीसँगै वार्स प्रतियोगिताबाट बाहिरिएको छ । पछिल्लो २० वर्षमा च्याम्पियन्स लिगमा पुग्ने पहिलो पोलिस टोलीको हालसम्म १ अंक मात्र रहेको छ ।

यसअघि बोरुसिया डोर्टमण्डसँगको खेलमा वार्सका समर्थकले हुलदंगा गरेपछि हिजोको खेल खाली स्टेडियममा खेलाइएको थियो ।
उता, समूहकै अर्को खेलमा एड्रियन रामोशको एक मात्र गोलको मद्दतले स्पोर्टिङ लिजबनलाई हराउँदै बोरुसिया डर्टमण्ड भने नकआउट चरणमा प्रवेश गरेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल