यस्ता छन् विश्वचर्चित म्याच फिक्सिङका काण्डहरु

यस्ता छन् विश्वचर्चित म्याच फिक्सिङका  काण्डहरु

Football-fixing
इटली
इटलीमा सन् २००६ मा म्याच फिक्सिंगको पर्दाफास भएपछि ठूला क्लबहरु एसी मिलान र युभेन्टस्ले ठूलो मूल्य चुकाउनुपर्यो । तत्कालिन लिग च्याम्पियन युभेन्टस्सहित एसी मिलान, फियोरेन्टिना , लााजियो र रेगिना म्यान फिक्सिंगमा मुछिएका थिए । यस प्रकरणपछि इटलियन फुटबलको साख निकै तलसम्म झर्यो । यस्तो प्रकरण हुनअघि युरोकपमा पावर हाउस मानिनले एसी मिलान र युभेन्टस् बिस्तारै आरालो लाग्दै गरे । प्रभाव स्वरुप चार वर्षसम्म इन्टर मिलान एक्लैले इटलिमा उपाधी जित्यो । विशेषगरी टिम म्यानेजर तथा रेफ्रीहरुको संलग्नता यस प्रकरणमा देखिएको थियो । कारबाही स्वरुप युभेन्टस्ले सन् २००५ तथा सन् २००६ मा जितेको उपाधी गुमाउनुपर्यो । युभेन्टस् बी डिभिजनमा झर्यो भने एसी मिलानको पनि अंक खोसियो । यति ठूलो घटना र नोक्सानीपछि पनि इटलीको फुटबलमा अझै चेत भने खुलेको छैन् । सन् २०१११ मा फेरि म्यान फिक्सिंग प्रकरणमा १६ जना पक्राउ परे । पक्राउ पर्नेमध्ये इटलिका पूर्व फुटबलर जिसेप्पी सिग्नोरी पनि थिए । उनीमाथि ५ वर्ष कुनै पनि फुटबल सम्बन्धित गतिविधी गर्न नपाउने कारबाही भयो । त्यसको ५ महिनापछि फेरि १७ जना समातिए , एक वर्ष पुग्दासम्म थप १४ जना कारबाहीको सूचिमा थिए ।

सिंगापुर

एशिया र युरोपमा हुने ठूला लिगमा म्याच फिक्सिंग गराएको आरोपमा सिंगापुरबाट १४ जना व्यक्ति सन् २०१३ मा पक्राउ गरे । उनीहरुले सिंगापुर बसेर विभिन्न लिगमा सट्टेबाजी गर्दै आएका थिए ।

जर्मनी
सन् २००५ मा जर्मनीका रेफ्री होर्बट होयजरमाथि छानविन सुरु गरिएको थियो । त्यसको केही वर्षभित्र यस छानविनमा आधारित रहेर प्रहरीले थुप्रैलाई पक्राउ गर्यो । जर्मनीमा यस्तो गिरोहकै पर्दाफास भएको थियो ।

ब्राजिल
सन् २००५ मै रेफ्री किनेर फिक्सिंगका लागि सहयोग पुर्याएको आरोपमा माफियाहरु पक्राउ परे । ब्राजिली फुटबल फेडेरेशनसँगै दुई रेफ्री तथा अर्का एक धनाढय् यस विषयमा दोषाी पाइएका थिए । सन् २०११ मा मात्रै यसको निर्णय भयो ।

चीन

चीनमा ३३ खेलाडी र केही अधिकारीमाथि म्यान फिक्सिंग गरेको अभियोग प्रमाणित भएपछि आजीवन खेल्न नपाउने गरी प्रतिबन्ध लगाइयो । त्यस्तै १२ क्लबमाथि कारबाही भयो । सांघाई सेनहुवा क्लबमाथि मात्रै १० लाख युआन जरिवाना लाग्यो । सन् २००३ मा सांघाईले जितेको लिग उपाधी पनि खोसियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल