के रोनाल्डो ‘पेनाल्डो’ नै हुन् त ?

कार्तिक १७  |   एजेन्सी

के रोनाल्डो ‘पेनाल्डो’ नै हुन् त ?

1464472216895_lc_galleryimage_real_madrid_s_cristiano_rकाठमाडौँ – रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोमाथि विपक्षी टिमका समर्थकहरुले सँधै एउटा आरोप लगाउँछन्, ‘रोनाल्डोले धेरै गोल पेनाल्टीबाट गर्छन् । पेनाल्टीबाट गोल गर्न सजिलो हुन्छ ।’ उनीहरुले रोनाल्डोलाई यही भएर पेनाल्डो पनि भनेर गिज्याउँछन् ।

गत शनिबार आलाभेस विरुद्धको खेलमा पनि रोनाल्डोले दुई वटा पेनाल्टी प्रहार गरे । जसमध्ये एउटालाई गोलमा परिणत गरे भने अर्कोमा असफल रहे । तैपनि उनले आफ्नो ह्याट्रिक पूरा गर्दै ३५० लिग गोल पूरा गरे ।

के रोनाल्डोले साँच्चिकै आफ्नो धेरै गोल पेनाल्टीबाट गर्छन् त ? हेरौँ उनको हालसम्मको तथ्यांकले के भन्छ ।

34bafa4300000578-3614372-image-a-188_1464471947797
रोनाल्डोले रियल म्याड्रिडबाट ला लिगामा गरेका २६५ गोलमध्ये ५३ गोल पेनाल्टीबाट गरेका छन् । यसको अर्थ ला लिगामा उनको २० प्रतिशत गोल पेनाल्टीबाट हुन्छ ।

च्याम्पियन्स लिगमा उनले रियलबाट गरेका ८० मध्ये १० गोल पेनाल्टीबाट गरेका छन् । यो १२.५ प्रतिशत हो ।

कोपा डेलरेमा भने २१ मध्ये ३ गोल रोनाल्डोले पेनाल्टीबाट गरेका छन् जुन १४.३ प्रतिशत हो ।

यता, रियलका लागि उनले गरेका ३७१ गोलमध्ये ६६ वटा गोलमात्र पेनाल्टीबाट गरेका छन् ।

अब तपाईंहरु आफै छुट्याउनुहोस्, रोनाल्डो साँच्चिकै पेनाल्डो हुन् त ?

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल