आउँदो २४ वर्षमा विश्व पूर्ण रुपमा परिवर्तन हुने, थाहा पाउनुस् कसरी

कात्तिक १७  |   आकार पटेल/बीबीसी हिन्दी

आउँदो २४ वर्षमा विश्व पूर्ण रुपमा परिवर्तन हुने, थाहा पाउनुस् कसरी

_92146711_thinkstockphotos-dv874014आउँदा दिनमा एक नयाँ किसिमको चिज देख्न सकिने विशेषज्ञहरुको अनुमान छ । जसलाई प्रविधिको विकास भन्न सकिने छ ।

सरल तरिकाले भन्ने हो भने यसले दुईतर्फ संकेत गर्छ । पहिलो कुरा यो हो कि भविष्यमा मानिसको दिमागभन्दा राम्रो कृत्रिम दिमाग तयार गरिनेछ । दोस्रो कुरा यो हो कि, कृत्रिम दिमागले जुन गतीमा समस्याहरुको समाधान गर्नेछ, त्यो मानिसको बलबुँताले भ्याउँदैन ।

यो परिवर्तन यति तीव्र हुनेछ कि यसको कल्पना पनि गर्न सकिँदैन । विशेषज्ञहरका अनुसार कृत्रिम दिमाग बनेमा विश्व कस्तो हुने छ, यसको अनुमान अहिले लगाउन सकिँदैन ।

उदाहरणको लागि, यस्तो प्रकारको दिमाग आएपछि जेनेटिक इन्जिनियरिङको गुत्थी सुल्झाउन संभव हुनेछ । हरेक रोगको उपचार खोज्न सकिनेछ । अहिले भएका सबै मानिसहरुको उमेर लम्बिनेछ ।

यस्तो प्रकारको परिवर्तन कहिले हुँदैछ, त्यसबारे जान्न तपाईं आतुर हुनुहुन्छ होला । विशेषज्ञहरुको दाबी अनुसार यो परिवर्तन सन् २०४० सम्म संभव छ । अथवा आउँदो २४ वर्षमा यस्तो हुनसक्छ । यद्यपी कसैले भने यस्तो परिवर्तन तोकिएको समय अगावै हुने अनुमान गरेका छन् ।

यहाँ सम्म कि जो विशेषज्ञहरुलाई यो सिद्धान्तमाथि आशंका छ, तिनीहरु पनि यसमा प्रश्न उठाउन सकिरहेका छैनन् । उनीहरुले एउटै कुरामा आफ्नो अडान राख्दै भनेका छन्, ‘यो हाम्रो अनुमानको तुलनामा ढिलो हुन्छ ।’

कम्प्युटर चमत्कारिक ढङ्गले स्मार्ट बन्दै गइरहेको छ । यसै वर्ष ‘कृत्रिम दिमाग’ ले एक नोबेल पुरस्कार जितिसकेको प्रयोगलाई एक घण्टा भित्र बुझेर पुनः सृजना गरिएको थियो ।

यसका साथै, यसै वर्ष गुगल कम्प्युटरले धेरै कठिन चिनीयाँ खेल ‘गो’ मा च्याम्पियन खेलाडीलाई हरायो । यसको अनुमान थिएन । किन कि ‘गो’ यस्तो खेल हो जसमा चेसको तुलनामा कयौं गुणा बढी सम्भावना हुन्छ । पहिले कुनै मेशिनले विश्व च्याम्पियनलाई हराउन सक्दैन भन्ने मान्यता थियो ।

यस वर्ष यस्ता केही परिवर्तन पनि भए, जसलाई कुनै बेला अहिले संभव मानिएको थिएन । उदाहरणको लागि स्वचालित कार । अमेरिकी कम्पनी टेस्लाले दशौं हजार स्वचालित कार बेच्यो । यो कारले आफ्नो वरपरको सबै थाहा पाउँछ । १०० किमि प्रति घण्टाको गतिमा चल्छ । यसले आफ्नो सेन्सरको सहयोगले लेन पनि बदल्छ । तर यस्तो एक कार दुर्घटना पनि भयो । जसमा चालकको मृत्यु भयो । तर टेस्लाले त्यसमा केही हप्तापछि धेरै नयाँ प्रविधिलाई राम्रो बनाएको जानकारी दियो ।

सन् १९८० को दशकमा भनियो कि रोबोटले आउँदा दिनमा मानिस जसरी नै काम गर्नेछ । त्यो समयमा जापानी कार निर्माताहरुले आफ्ना कारखानामा ठूलो मात्रामा अटोमेटेड काम लिन सुरु गरेका थिए ।

तर जति डर थियो त्यो अन्दाजमा त्यस्तो केही भएन । तर यो पटक भिन्न मसला छ । यसको कारण सुचना प्रविधि वर्र्षपिच्छे तिब्र विकास हुनु हो । हरेक वर्ष कम्प्युटरको गती दुई गुना बढिरहेको छ । १५ वर्षको उमेर भएकाले पनि यो परिवर्तन महसुस गरेका छन् । हरेक दशकमा भएको परिवर्तन पछिल्लो दशको तुलनामा धेरै तिब्र रुपमा बढिरहेको छ । हामी कम्प्युटर युगमा केहि दशकदेखि छौं ।

हामीले आउँदो २४ वर्षमा जुन परिवर्तन देख्ने छौं, त्यो परिवर्तन २४ वर्षमा भएन होलान् । यो परिवर्तन यति तीव्र गतिमा हुने छ कि त्यसको असर कल्पना गर्न पनि पनि असम्भव छ ।

भारत र हाम्रो उपमहाद्विपमा आउने परिवर्तन त्यो परिवर्तन भन्दा भिन्न हुनेछन् । जसलाई यूरोपका मान्छेहरुले पनि महसुस गर्ने छन् । किन कि, ती मान्छेहरुको अगाडि गरिबी, निरक्षरता र कुपोषणजस्ता समस्या हुने छैनन्, किन कि यो हाम्रो भागमा हुनेछ । यी समस्याहरुको हल प्रविधिको सहयोगले सजिलै संभव छ ।

कृत्रिम बुद्धि सबैभन्दा बढी चुनौती यो छ कि यसले मान्छेको स्वायत्तता र सरकारको स्वायत्तता पनि सकिने छ ।

म यो भन्न चाहन्छु कि आफै चल्ने कार राम्रो हुने छ । किन कि मानवीय प्रयासको आवश्यकता हुने छैन । यो कार बढी सुरक्षित हुने र गल्ती कम हुने भएकाले यो अझै राम्रो छ ।

यदि यो सिद्धान्तलाई स्वीकारेमा कृत्रिम दिमाग तयार गरेमा, जुन मानव दिमाग भन्दा राम्रो हुने छ । त्यसलाई मान्छेले नियन्त्रण गर्न चाहने छ ।

यसको परिणाम के हुने छ ? विशेषज्ञहरुले यो विषयमा आफूलाई थाहा नभएको बताइरहेका छन् । धेरै विशेषज्ञ यस दिमागले मानिसहरुलाई खतरा पुर्याउने बारे चिन्तित छन् ।

वास्तवमा हामी मानव समुदायको अस्तित्वको परिवर्तनको समयमा छौं । हामी भन्दा पनि अधिकांश आउदो २४ वर्षसम्म रहनेछ । ६५ प्रतिशत भन्दा बढी भारतीयहरुको उमेर ३५ वर्षभन्दा कम छ ।

इतिहासमा यो भन्दा पहिला यति तिब्र परिवतर्न पहिला भएन ।

(लेखक एमनेस्टी इण्डियाका कार्यकारी निर्देशक हुन । यो उनको निजी विचार हो ।)

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल