८५ दिनमै इन्टरका प्रशिक्षक बर्खास्त

कार्तिक १७

८५ दिनमै इन्टरका प्रशिक्षक बर्खास्त

मिलान – इटालियन क्लब इन्टर मिलानले प्रशिक्षक फ्रांक डि बोयरलाई नियुक्त गरेको ८५ दिनमै बर्खास्त गरेको छ ।

पछिल्ला पाँच लि खेलमध्ये चारमा पराजित भएपछि बोयर बर्खास्त भएका हुन् । आइतबार साम्पडोरियासँग १–० ले पराजित भएपछि इन्टर लिगको १२ औँ स्थानमा सिमित बनेको छ ।_92204144_epadeboer

नेदरल्याण्डका पूर्व डिफेन्डर तथा आयाक्सका पूर्व प्रशिक्षक बोयर यसअघि प्रिमियर लिग क्लब एभर्टन र साउथह्याम्पटन जाने हल्ला थियो ।

इन्टरले अब बिहिबार युरोपा लिगमा साउथह्याम्पटनको सामना गर्नेछ ।

बोयरको स्थानमा युवा टोलीका प्रशिक्षक स्टेफानो भेचीले अन्तरिम प्रशिक्षकको पद सम्हाल्नेछन् ।

बर्खास्त भएपछि ट्वीट गर्दै उनले क्लबका समर्थकलाई धन्यवाद दिएका छन् ।

रोबर्टो म्यानचिनीको स्थानमा उनी गत अगस्तमा इन्टर आएका थिए । यसअघि उनले आयाक्सलाई लगातार चारवटा लिग उपाधि दिलाएका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल