ओजिल चम्किँदा आर्सनलको उत्कृष्ट पुनरागमन

कार्तिक १७

ओजिल चम्किँदा आर्सनलको उत्कृष्ट पुनरागमन

39f7254600000578-3894946-image-a-89_1478036214571म्यान्चेस्टर – मेसुट ओजिलको उत्कृष्ट गोलको मद्दतले आर्सनलले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै लुडोगोरेटस् राजगार्ड पराजित गरेको छ । जीतसँगै आर्सनल च्याम्पियन्स लिगको नकआउट चरणमा समेत प्रवेश गरेको छ ।

पहिलो लेगमा ६–० ले विजयी बनेको आर्सनल अप्रत्यासित रुपमा खेलको १५ मिनेटभित्र २–० गोलअन्तरले पछि परेको थियो ।

लुडोगोरेटस्का लागि जोनाथन काफु र वान्डरसनले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए ।

39f6748600000578-3894946-image-a-27_1478031346929
तर, पाँच मिनेटपछि ग्रानिट जाकाले गोल गर्दै लुडोगोरेटस्को अग्रता आधा बनाए । खेलको ४१ औँ मिनेटमा ओलिभर जिरुले गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलको दोस्रो हाफको अन्त्यतिर ओजिलले गोल गर्दै आर्सनललाई विजयी गराए ।

39f7331900000578-3894946-image-a-113_1478040318671
यसअघि सन् २००९ मा पनि आर्सनल २ गोलले पछि परेको स्थिति उल्टाउँदै स्टान्डर्ड लिगबिरुद्ध विजयी बनेको थियो ।

आर्सनल पछिल्लो ६ सिजन लगातार नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल