बार्सिलोनासँग सिटीको बदला

कार्तिक १७

बार्सिलोनासँग सिटीको बदला

39f7120400000578-3895146-image-a-58_1478035679617
म्यान्चेस्टर – एक गोलले पछि परेको स्थिति उल्टाउँदै म्यान्चेस्टर सिटीले स्पेनिस जाइन्ट बार्सिलोनाबिरुद्ध रोमाञ्चक जीत दर्ता गरेको छ ।

योसँगै सिटीले पहिलो लेगमा बेहोरेको लज्जास्पद हारको बदला पनि लिएको छ । यसअघि सिटी बार्सिलोनाको घरेलु मैदानमा ४–० गोलअन्तरले पराजित भएको थियो ।

लज्जास्पद हारको बदला लिन उत्सुक पेप ग्वार्डिओलाको टोलीले आफ्नो घरेलु मैदानमा शुरुवात भने राम्रो गर्न सकेन ।

लियोनेल मेस्सीले च्याम्पियन्स लिगको ९० औँ गोल गरेपछि सिटी पहिलो हाफको २१ औँ मिनेटमा नै पछि पर्यो । तर, १८ मिनेटपछि इकाय गुन्डोगानले गोल गर्दै सिटीलाई खेलमा फर्काए ।
39f68b9400000578-0-image-a-1_1478031715303खेलको दोस्रो हाफमा केभिन डि ब्रुयन र गुन्डोगानले थप एक–एक गोल गर्दै सिटीलाई ३–१ को महत्वपूर्ण जीत दिलाए ।

अब नोभेम्बर १३ मा हुने बोरुसिया मोचेनग्लाडब्याचविरद्धको खेलमा विजयी भए सिटी नकआउट चरणमा प्रवेश गर्नेछ ।

39f6de0700000578-3895146-image-a-41_1478034292303
४–० को लज्जास्पद पराजयपछि दबाबमा रहेका सिटीका प्रशिक्षक ग्वार्डिओलालाई यो जित राहत बनेको छ । यसअघि बार्सिलोना इंग्लिस क्लबविरुद्धको लगातार सात खेलमा विजयी थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल