जियोनी एफ १०३ जियोनीले ल्याउँदै नयाँ स्टाईलिश डिजाइनर फोन

भदौ १६

जियोनी एफ १०३ जियोनीले ल्याउँदै नयाँ स्टाईलिश डिजाइनर फोन

gionee mobileकाठमाडौं – मोबाइल कम्पनी जियोनीले चाँडै नै नेपाली बजारमा आफ्नो नयाँ मोडेल एफ १०३ ल्याउने भएको छ ।

एफ १०३ मा “मिरर डिजाइन” अर्थात पोलिश गरिएको सिसाको फिनिश रहेको पछाडिको कभर रहेको छ । फोनमा सिल्भर मेटल कोटिङ्ग फ्रेम पनि छ जसले गर्दा फोन अति नै आकर्षक देखिन्छ । फोनको डायमण्ड आकारले फोनलाई सजिलै समात्न सकिने कम्पनीले बताएको छ ।

जियोनीको यो नयाँ डुअल–सिम (४ जी प्लस४ जी) मोडेलमा ५” को एच डि आई पी एस (१२८० बाई ७२०) डिस्प्ले रहेको छ । एफ १०३ मा १.३ गिगाहर्जको क्वाड कोर प्रोसेसर रहेको छ र फोनमा एण्ड्रोइड ५.० मा आधारित जियोनीको आफ्नै सफ्टवेर अमिगो ३.० हुनेछ । फोनमा १६ जी बि इन्टरनल मेमोरी (कार्ड को माध्यम बाट १२८ जी बि बनाउन सकिने) र २ जी बि ¥याम हुनेछ ।

एफ १०३ मा थ्री डि सराउन्ड साउण्ड हुनेछ जसमा चलचित्र हेर्न छुट्टै मजा आउने छ । रियर क्यामेरा ८ मेगापिक्सलको रहेको छ भने फ्रन्ट क्यामेरा चाँहि ५ मेगापिक्सलको रहेको छ । २४०० एम ए एचको ब्याट्री सहित एफ १०३ मा एक्स्त्रिम मोड नि रहने छ जसले ५% ब्याट्रीमा पनि फोनलाई १६ घण्टाको स्ट्यान्ड बाइ टाईम र १.३ घण्टाको टक टाईम प्रदान गर्नेछ । स्क्रिन बन्द हुँदा समेत जेस्चर कन्ट्रोल फोनमा उपलब्ध हुनेछ ।

जियोनी एफ १०३ रु. १५,९९९÷– को अविश्वस्निय मूल्यमा उपलब्ध हुनेछ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल