आर्सनल, लिभरपुल र सिटीको गोलको वर्षा, समान अंक

कार्तिक १४

आर्सनल, लिभरपुल र सिटीको गोलको वर्षा, समान अंक

लण्डन – आर्सनलले सन्डरल्याण्डलाई ४–१ को भारी अन्तरले पराजित गर्दै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीमाथि दबाब कायम राखेको छ । यता, सन्डरल्याण्डका प्रशिक्षक डेभिड मोयेजमाथि भने दबाब बढेको छ । यस सिजन एक पनि खेल नजितेको सन्डरल्याण्ड लिगको पुछारमा रहेको छ ।

39d79db800000578-3885058-image-m-185_1477747665976
आर्सनललाई एलेक्सिस सान्चेजले खेलको १९ औं मिनेटमा नै अग्रता दिलाए पनि खेलको दोस्रो हाफमा पेनाल्टीमार्फत गोल गर्दै जर्मेन डिफोयले खेल बराबरी ल्याए ।

तर, त्यसको ६ मिनेटपछि नै आर्सनलले गोलको वर्षा शुरु गर्यो । मात्र ७ मिनेटको अन्तरालमा आर्सनलले ३ गोल गर्यो ।

जसमा मैदान छिरेको पाँच मिनेट भित्र ओलिभर जिरुले दुई तथा एक गोल सान्चेजले गरे ।

अन्य खेलमा पछिल्ला ६ खेलमा जितविहिन रहेको सिटी लयमा फर्कदै वेस्ट ब्रोम आल्बियोनमाथि ४–० को जित निकालेको छ ।

39d8025500000578-3885068-image-a-40_1477751655609
सिटीलाई सहज जित दिलाउन सर्जियो एगुएरो र इकाय गुन्डोगानले २–२ गोल गरे ।

जीतसँगै सिटी लिगको शीर्ष स्थानमा उक्लेको छ । १० खेलपछि सिटी र आर्सनलको समान २३ अंक रहे पनि गोल अन्तरको आधारमा सिटीले आर्सनललाई उछिनेको हो ।

त्यस्तै लिभरपुलले पनि रोमाञ्चक खेलमा क्रिस्टल प्यालेसलाई ४–२ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा रहेको सिटीसँग अंक बराबरी गरेको छ ।

निकै रोमाञ्चक बनेको पहिलो हाफमा ५ गोल भएको थियो । जसमा दुवै टोलीले खराब डिफेन्डिङ प्रस्तुत गरेको थियो ।

39daa40900000578-0-image-m-87_1477764457847
एमरे च्यानले लिभरपुललाई अग्रता दिलाए पनि त्यसको २ मिनेट पछि नै जेम्स म्याकार्थरले खेल बराबरीमा ल्याए ।

तर, ३ मिनेट पछि डेजान लोभ्रेनको गोलको मद्दतले लिभरपुलले पुनः अग्रता लियो । तर, म्याकार्थरले फेरि खेल बराबरीमा ल्याए । पहिलो हाफ सकिन लाग्दा जोयल म्याटिपले लिभरपुललाई पुनः अग्रता दिलाएका थिए ।

खेलका दोस्रो हाफमा रोबर्टो फर्मिन्होले गोल गरेपछि लिभरपुलले ३ अंक बटुल्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल