ह्याट्रिकसँगै रोनाल्डोको नयाँ कोशेढुंगा पूरा

कार्तिक १४

ह्याट्रिकसँगै रोनाल्डोको नयाँ कोशेढुंगा पूरा

ronaldoम्याड्रिड – पछिल्लो समय खराम लयबाट गुज्रिरहेका क्रिस्टियानो रोनाल्डोले लयमा फर्कदै ह्याट्रिक गरेपछि रियल म्याड्रिडले आलाभेसलाई पराजित गर्दै ला लिगाको शीर्ष स्थानमा अग्रता कायम राखेको छ । शनिबार राती सम्पन्न खेलमा रियल ४–१ गोलले विजयी भएको हो ।

यसअघि आफ्नो घरेलु मैदानमा एथ्लेटिको म्याड्रिड र बार्सिलोनालाई स्तब्ध बनाएको आलाभेसले डेभर्सनको गोलको मद्दतले खेलको सातौँ मिनेटमा अग्रता लियो । यसअघि आलाभेस यो सिजन आफ्नो घरेलु मैदानमा अपराजित रहेको थियो ।

तर, खेलको १७ औं मिनेटमा रियलले पेनाल्टी पायो, जसलाई रोनाल्डोले सजिलै गोलमा परिणत गरे । त्यसपछि पहिलो हाफमै रोनाल्डोले डि एरिया बाहिरबाट गरेको प्रहारले जाली चुमेपछि रियलले २–१ को अग्रता बनायो ।

39d8dfce00000578-3885430-image-a-49_1477758941322
खेलको दोस्रो हाफमा रियलले फेरि पेनाल्टी पायो तर, यसपटक भने रोनाल्डो चुके ।

खेलको ८४ औं मिनेटमा अल्भारो मोराटाले रियलको तेस्रो गोल थपे भने खेलको अन्त्यतिर मार्सेलोको पासमा गोल गर्दै रोनाल्डोले खेलमा ह्याट्रिक पूरा गरे ।

नयाँ कोशेढुंगा

योसँगै रोनाल्डोले लिग खेलमा आफ्नो गोल संख्या ३५० पुर्याएका छन् । उनले स्पोर्टिङ, म्यान्चेस्टर युनाइटेड र रियलमा रहेर यो उपलब्धि हासिल गरेका हुन् ।

39d8a03900000578-3885430-image-a-46_1477758768421
स्पोर्टिङमा रहँदा उनले तीन तथा प्रिमियर लिगमा ८४ र ला लिगामा २६३ गोल गरेका छन् ।

योसँगै उनी सबै प्रतियोगितामा ५ सयौँ करियर गोलको पनि नजिक बनेका छन् ।

जीतसँगै रियलको १० खेलबाट सर्वाधिक २४ अंक रहेको छ । यो सिजन रियल अपराजित रहेको छ । १० खेलमा रियल ७ मा विजयी तथा ३ मा बराबरीमा रोकिएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल