म्याच फिक्सिङको आरोपमा राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित ५ जना पक्राउ

२७ असोज

म्याच फिक्सिङको आरोपमा राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित ५ जना पक्राउ

काठमाडौं – म्याच फिक्सिङको आरोपमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित चार खेलाडीसहित एक प्रशिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा थापाबाहेक रितेश थापा, विकाससिंह क्षेत्री, सन्दिप राई र प्रशिक्षक अञ्जन केसी छन् ।sagar- thapa
महानगरीय अपराध महाशाखा प्रमुख सर्वेन्द्र खनालका अनुसार महानगरीय अपराध महाशाखाको टोलीले सबैलाई राजधानीको विभिन्न क्षेत्रबाट पक्राउ गरेको हो ।
उनीहरुमाथि लाखौं रकम लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा फिक्सिङ गरेको आरोप लागेको छ । प्रहरीका अनुसार पक्राउ परेका खेलाडीहरुले अफगानिस्तानसहित बंगलादेश लगायतका खेलहरुमा मिलेमतो गरेको देखिएको छ । यसअघि दक्षिण कोरियाको इन्चोनमा एसियन गेम्स अन्तर्गत नेपाल र इराकको खेलमा पनि मिलेमतो भएको आरोप लागेको थियो ।
थापा र सन्दीप राई थ्रीस्टारमा आवद्ध छन् भने विकास क्षेत्री मनाङसँग आबद्ध छन् । राष्ट्रिय टोलीका सदस्य समेत रहेका केसी पूर्व प्रशिक्षक हुन् ।
रितेश थापा प्रहरीको असाईको साथै गोल किपर हुन् ।उनी विभागीय टोली नेपाल पुलिस क्लबसँग आबद्ध छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल