नेपाल र जापानी टोलीबीच मैत्रीपूर्ण खेल हुने

कार्तिक ११

नेपाल र जापानी टोलीबीच मैत्रीपूर्ण खेल हुने

काठमाडौँ – नेपाल जापान द्वैत्य सम्बन्ध स्थापनाको ६० औं वर्षगाँठका अवसरमा दुई देशबीच मैत्रीपुर्ण खेल हुने भएको छ ।

jap-vs-anfa
एन्फाले बिहिबार पत्रकार सम्मेलन गरी नेपालको राष्ट्रिय फुटबल टोली र जापानको पुर्व राष्ट्रिय फुटबल खेलाडीहरु समेत संलग्न भएको जापान फ्रेण्ड का बीच आगामी मंसिर ४ गते मैत्रीपुर्ण च्यारेटी फुटबल हुन लागेको जानकारी गराएको हो । जापानी सामाजिक संस्था कलरवाथसंगको सहकार्यमा एन्फाले नेपाल जापानबीच मैत्रीपुर्ण खेल आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा सहभागी हुन आउने जापानी टोलीले जापानी विकास नियोग जाइकाले काभ्रेको धुलिखेलमा निर्माण गरेको विद्यालयका बालबालिकालाई प्रशिक्षण दिनुका साथै भूकम्पले क्षति पु¥याएका सम्पदाहरुको अवलोकन गर्ने एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर जानकारी दिए । प्रतियोगिताबाट उठेको रकम भूकम्पबाट प्रभावित जिल्लाको खेलकुद तथा शैक्षिक विकासमा खर्च गर्ने उनले बताए ।

मैत्रीपूर्ण प्रतियोगिताका लागि जापानको राष्ट्रिय टीमका पूर्वकप्तानसहितका खेलाडीहरु नेपाल आउने छन् । खेल सातदोबाटोस्थित एन्फाको खेल मैदानमा हुनेछ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल