रोमाञ्चक जीतसँगै न्युजिल्याण्डद्वारा सिरिजमा बराबर

कार्तिक ११  |   एजेन्सी

रोमाञ्चक जीतसँगै न्युजिल्याण्डद्वारा सिरिजमा बराबर

राँची – भारतविरुद्ध जारी एकदिवसीय श्रृंखलाको चौँथो खेलमा १९ रनको रोमाञ्चक जीत हासिल गर्दै न्युजिल्याण्डले पाँच खेलको श्रृखंला २–२ को बराबरीमा ल्याएको छ ।

न्युजिल्याण्डले प्रस्तुत गरेको २६१ रनको लक्ष्य पछ्याउने क्रममा भारत ४८.४ ओभरमा मात्र २४१ रनमा सिमित बन्यो । योसँगै राँचीमा भारतले पहिलो हार बेहोर्यो । यसअघि खेलिएका दुवै खेलमा भारतले सफलतापूर्वक रन पछ्याएको थियो ।
भारतले रोहित शर्मालाई ११ रनमा गुमाए पनि विराट कोहली र अजिंका रहानेको मद्दतले उत्कृष्ट शुरुवात गर्यो ।
रहानेले ५७ तथा कोहलीले ४५ रन बनाए ।
dhoni-bowledतर, कुनै बेला १२८ रनमा ३ विकेटको स्थितिमा रहेको भारत ७ विकेटको क्षतिमा १६७ रनमा खुम्चियो ।

भारतका लागि अक्सर पटेलले ३८ रन बनाउँदै जीतको आशा बाँकी राखे पनि अन्य मध्यक्रममा ब्याटसम्यान चल्न सकेनन् ।

खेलको अन्त्यतिर धवल कुलकर्नीको २५ रन पनि खेल गयो ।

न्युजिल्याण्डका लागि टिम साउथीले ३ तथा टे«न्ट बोल्ट र जेम्स निसमले २–२ विकेट लिए ।

यसअघि सिरिजमा पहिलो पटक टस जित्दै न्युजिल्याण्डले पहिलो ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

ओपनर मार्टिन गप्टिल र टोम ल्याथमले पहिलो विकेटका लागि ९६ रन जोड्दै उत्कृष्ट शुरुवात दिलाए । गप्टिलले ७२ तथा ल्याथमले ३९ रन बनाए ।

त्यसपछि कप्तान केन विलियमसनले ४१ र रस टेलरले ३५ रन बनाए पछि ३५ ओभरमा न्युजिल्याण्डले २ विकेटको क्षतिमा १८४ रन बनाएको थियो ।

तर, खेलको अन्त्यतिर न्युजिल्याण्ड खुलेर खेल्न सकेन र निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६० रनमा सिमित बनेको थियो ।

अब अन्तिम र निर्णायक खेल विशाखापटनममा अक्टोबर २९ का दिन हुनेछ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल