बिबिसीबिनै कोपा डेल रेमा रियलको गोलको वर्षा

कार्तिक ११  |   एजेन्सी

बिबिसीबिनै कोपा डेल रेमा रियलको गोलको वर्षा

39bf0b1200000578-3876234-image-a-16_1477514780781म्याड्रिड – कोपा डेल रेमा तेस्रो डिभिजन टोली कल्चरल लियोनेसाविरुद्ध स्पेनिस जाइन्ट रियल म्याड्रिडले गोलको वर्षा गरेको छ ।

बिबिसी भनेर चर्चित, गेराथ बेल, करिम बेन्जेमा र क्रिस्टियानो रोनाल्डो, लाई अराम दिइएको खेलमा रियलले खेलको शुरुवातमा नै गियानी जुभरलुनको आत्मघाती गोलको मद्दतले अग्रता लिएको थियो ।

खेलमा मार्को एसेन्सियो र अल्भारो मोराटाले २–२ गोल गरे । दुवै यस सिजन रियलका सर्वाधिक गोलकर्ता बनेका छन् । दुवैले ५–५ गोल गरेका छन् ।

खेलको ६८ औँ मिनेटमा नाचोले उत्कृष्ट भलीमार्फत गोल गर्दै रियलको आधा दर्जन गोल पुर्याए ।

लियोनेसाका लागि बेन्जाले एक गोल फर्काए पनि इनजुरी समयमा मारियानोले रियलका लागि सातौँ गोल थपे ।

खेलमा रियल ७–१ ले विजयी बन्यो । दोस्रो लेग अब ३० नोभेम्बरमा रियलको घरेलु मैदानमा सान्टियागो बर्नेबाउमा हुनेछ ।

फिफा वल्र्ड क्लब कपमा भाग लिनु परेकोले रियलले अन्य टोलीभन्दा एक महिनाअघि नै कोपा डेलरेको पहिलो खेल खेलेको हो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल