इटालियन लिग : जब खेलकै बीचमा भूकम्प गयो…

कार्तिक ११  |   एजेन्सी

इटालियन लिग : जब खेलकै बीचमा भूकम्प गयो…

1477511713_598143_1477511873_noticia_normalएटलान्टा – इटालियन सिरिआ ए को पेस्कारा र एटलान्टाबीचको खेल भूकम्पको कारण प्रभावित बनेको छ ।

खेलको पहिलो हाफको दौरान भूकम्पको धक्का महसुस गरिएपछि खेल करिब २ मिनेटका लागि रोकिएको थियो ।

बुधबार राती इटालीको मध्य क्षेत्रमा दुई वटा शक्तिशाली भूकम्प गएको थियो ।

स्थानीय समय अनुसार ७ बजेर १० मिनेट जाँदा मसेराटा प्रान्तमा ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो भने त्यसको २ घण्टा पछि त्यही स्थानमा ६.१ म्याग्निच्युडको भूकम्प गयो ।

_92104582_quakeepaभूकम्पमा धेरै भवनहरुमा क्षति पुगेको र दर्जनौँ घाइते भएको बताइएको छ । हालसम्म कसैको मृत्यु भएको खबर छैन ।

दुई महिना अघि यही क्षेत्र आसपास गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी २९८ जनाले ज्यान गुमाएका थिए ।

उता, भूकम्पको पहिलो धक्का पछि रोकिएको खेल पुनः संचालन गरिएको थियो । जसमा माटिया कालडाराको गोलको मद्दतले एटलान्टा विजयी भएको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल