सिटीमाथि युनाइटेडको बदला : इएफल कपको क्वाटरफाइनलमा प्रवेश

कार्तिक ११

सिटीमाथि युनाइटेडको बदला : इएफल कपको क्वाटरफाइनलमा प्रवेश

म्यान्चेस्टर – प्रिमियर लिगमा बेहोरेको हारको बदला लिँदै म्यान्चेस्टर युनाइटेडले डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीलाई इएफएल कपमा पराजित गरेको छ । निकै संघर्षपूर्ण खेलमा युनाइटेड १–० गोल अन्तरले विजयी बनेको हो ।

39bf291b00000578-3875938-image-a-60_1477513329187
खेलको दोस्रो हाफमा हुवान माटाले गरेको गोल निर्णायक बन्यो । ज्लाटान इब्राहिमोविचको पासमा माटाले गोल गर्दै युनाइटेडलाई क्वाटरफाइनलमा प्रवेश गराए । पछिल्ला १४ खेलमा इब्राहिमोविचको पहिलो एसिस्ट थियो ।

अब युनाइटेडले क्वाटर फाइनलमा वेस्ट ह्यामको सामना गर्नेछ ।

खेलमा सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले ६ वटा परिवर्तन गरे पनि लगातार ६ खेलमा जित विहिन बने ।

प्रशिक्षकको रुपमा उनको यो सबैभन्दा खराब प्रदर्शन हो ।

युनाइटेडको पनि पछिल्ला ५ खेलमा मात्र दोस्रो जीत हो । ग्वार्डिओलामाथि पछिल्ला १८ खेलमा मोरिन्होको यो चौंथो जीत थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल