विश्वकप विजेता ब्राजिलका पूर्वकप्तानको निधन

कार्तिक १०  |   एजेन्सी

विश्वकप विजेता ब्राजिलका पूर्वकप्तानको निधन

39b3ffb300000578-3871262-image-a-97_1477407568705रियो – ब्राजिलको राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान कार्लोस अल्बर्टोको ७२ वर्षको उमेरमा निधन भएको छ । ब्राजिलियन मिडियाका अनुसार मंगलबार हृदयघातको कारण मृत्यु भएको हो ।

सान्तोष फुटबल क्लबले वक्तव्य जारी गर्दै क्लबको प्रेरणा रहेका कार्लोस अल्बर्टो टोरसको ७२ वर्षको उमेरमा निधन भएको बताएको छ ।

उनले सन् १९६५ देखि १९७५ को बीचमा ४४५ खेलमा ४० गोल गरेका थिए । उनलाई त्यतिबेलाको उत्कृष्ट राइट ब्याकको रुपमा चिनिन्थ्यो ।

ब्राजिलले मेक्सिकोमा भएको सन् १९७० को विश्वकप जित्दा उनी टोलीका कप्तान थिए ।

सोही प्रतियोगितामा इटालीविरुद्धको फाइनलमा उनले गरेको गोललाई विश्वकप इतिहासमा उत्कृष्ट गोलहरु मध्ये एक मानिन्छ । त्यतिबेला ब्राजिल ४–१ ले विजयी भएको थियो ।

उनको गोलका लागि ब्राजिलका ८ खेलाडीले एक आपसमा पास हान्दै अवसर सृजना गरेको थियो । बिबिसीसँग कुरा गर्दै अल्बर्टोले भनेका थिए, ‘खेलपछि मात्र मलाई थाहा भयो कि त्यो गोल कति उत्कृष्ट थियो ।’

उनले ब्राजिलका लागि ५३ खेल खेले भने उनले ब्राजिलियन क्लब सान्तोष र फ्लुमिनेजलाई घरेलु लिगको उपाधि दिलाएका थिए ।

हाल उनी ब्राजिलको स्पोर्ट टिभीमा कमेन्टेन्टरका रुपमा काम गरिरहेका थिए । उनले गत आइतबार टिभीमा अन्तिम पटक प्रस्तुत भएका थिए ।

ब्राजिलका महान् खेलाडी पेलेले आफ्नो ‘साथी र दाई’ गुमाउँदा निकै दुःखी भएको बताएका छन् ।

39b41a8300000578-3871262-image-a-113_1477408640181

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल