सोलिडारिटी कपका लागि खेलाडी छनोट

कात्तिक ९  |   रासस

सोलिडारिटी कपका लागि खेलाडी छनोट

afc-solidarity-cup काठमाडौँ-  मलेसियमामा आयोजना हुने सोलिडारिटी कपका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तिम नामावली सार्वजनिक भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज जारी गरेको प्रेस विज्ञप्तिमा २३ खेलाडी छनोट भएका छन् । छनोट भएका खेलाडीमा आठ डिफेन्डर, ६ मिडिफिल्डर, ६ फर्वार्ड तथा तीन गोल्किपर छन् ।

डिफेन्डरमा रविन श्रेष्ठ, विराज महर्जन, अनन्त तामाङ, दिपक गुरुङ, कमल श्रेष्ठ, देभेन्द्र तामाङ, रञ्जित धिमाल तथा आदित्य चौधरी छन् ।

त्यसैगरी मिडिफल्डरमा विशाल राई, हेमन गुरुङ, विक्रम लामा, सुजल श्रेष्ठ, राजेन्द्र रावल छन् भने फरवार्डमा विमल घर्ती मगर, रञ्जन बिष्ट, अनिल गुरुङ, अञ्जन विष्ट, सुमन लामा, नवयुग श्रेष्ठ तथा भरत खवास छन् । गोलकिपरमा बिकेस कुथु, किरनकुमार लिम्बु र विशाल श्रेष्ठ छनोट भएका छन् ।

समूह ए मा परेका नेपालले आफ्नो पहिलो खेल कात्तिक २० गते टिमोर लेस्टसँग खेल्ने छ भने दोस्रो खेल ब्रुनेइसँग २३ गते खेल्ने छ । प्रतियोगिता यही कात्तिक १७ गतेदेखि सञ्चालन हुनेछ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल