विश्वकप छनौटमा ब्राजिलको पहिलो जित

असोज २७  |   एजेन्सी

विश्वकप छनौटमा ब्राजिलको पहिलो जित

385104-willian1-apफोर्टालेजा – विलायनले खेल शुरु भएको ४० सेकेण्डभित्र गोल गरेपछि ब्राजिलले भेनेजुएलालाई पराजित गर्दै विश्वकप २०१८ अन्तरगत दक्षिण अमेरिकी क्षेत्रको छनौट खेलमा पहिलो जित निकालेको छ । विलायनले नै पहिलो हाफअघि दोस्रो गोल थपेपछि ब्राजिल ३—१ गोलले विजयी भएको हो ।
गत हप्ता चिलीसँग २—० ले स्तब्ध बनेको ब्राजिल आज पनि कप्तान नेयमार बिना नै मैदानमा उत्रेको थियो । यसपटक भने पहिलो हाफमा नै ब्राजिल २—० ले अघि रहेको थियो ।
दोस्रो हाफमा क्रिस्टियन सान्तोसले गोल गर्दै भेनेजुएललाई खेलमा फर्काउन खोजे पनि रिकार्डो ओलिभेराले गोल गर्दै ब्राजिललाई २ गोलको अग्रता दिलाए ।
अर्को महिना ब्राजिलले चिर प्रतिद्वन्द्वी अर्जेन्टिनाको सामना गर्नेछ । अर्जेन्टिनाले छनौट खेलमा कुनै पनि गोल गर्न सकेको छ । पहिलो खेलमा इक्वेडरसँग २—० ले स्तब्ध बनेको अर्जेन्टिना पराग्वेसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
अर्जेन्टिनाविरुद्धको खेलमा डुंगाले हाल प्रतिबन्धित नेयमारको साथ पाउनेछन् भने उता अर्जेन्टिना पनि चोटग्रस्त लियोनेल मेस्सी फर्कने आशा गर्नेछ । मेस्सीले शुरुवाती दुवै खेल गुमाएका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल