नेदरल्याण्ड युरो २०१६ मा छनौट हुन असफल

असोज २७

नेदरल्याण्ड युरो २०१६ मा छनौट हुन असफल

_86105857_netherlands_getty2एम्टरडाम – विश्व फुटबलको शक्तिशाली राष्ट्रमध्ये एक नेदरल्याण्ड युरो २०१६ का लागि छनौट हुन असफल बनेको छ । १० खेलाडीमा सिमित बनेको चेक रिपब्लिकसँग ३—२ ले पराजित बनेपछि नेदरल्याण्ड प्रतियोगिताबाट छनौट हुनबाट बञ्चित बनेको हो ।
प्लेअफमा छनौट हुनका लागि नेदरल्याण्डलाई चेक रिपब्लिकलाई हराउनुपर्ने दबाब थियो । तर, यसका लागि पनि अर्को खेलमा आइसल्याण्डले टर्कीलाई पराजित गर्नुपर्ने थियो ।
तर, पाभेल काडेराबेक र जोसेफ सुरालले गोल गर्दै चेक रिपब्लिकलाई २—० गोलको अग्रता दिलाए । त्यसमा रोबिन भानपर्सीले आत्मघाती गोल गरेपछि नेदरल्याण्ड ३—० ले पछि पर्यो । चेक खेलडाी मार्क सुची रातो कार्ड खाँदै मैदानबाट बाहिरिए पनि नेदरल्याण्डले मात्र दुई गोल फर्काउन सक्यो । नेदरल्याण्डका लागि क्लास जान हुन्टेलार र भान पर्सीले एक एक गोल मात्र फर्काउन सफल रहे ।
उता, आइसल्याण्डलाई नाटकीय रुपमा अन्तिम मिनेटको गोलको मद्दतले हराउँदै टर्की समूहमा तेस्रो स्थानमा रहन सफल रह्यो । सबै ९ समूहका तेस्रो टोलीमध्ये सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेको टर्की प्लेअफ नखेली आगामी वर्ष फ्रान्समा हुने प्रतियोगितामा स्वतः छनौट भएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल