नोट सेभेनपछि आइफोन सेभेन पनि पड्कियो !

कार्तिक ९  |   एजेन्सी

नोट सेभेनपछि आइफोन सेभेन पनि पड्कियो !

gsmarena_002न्युयोर्क – म्याक अपरेटिङ सिस्टम भएको नयाँ कम्प्युटर सार्वजनिक गर्ने तयारी गरिरहेको एप्पलमाथि एक प्रयोगकर्ताले आइफोन सेभेन पड्किएको आरोप लगाएका छन् । अस्ट्रेलयाका एक व्यक्तिले आइफोन सेभेन तातिएर भएको आगलागीका कारण उसको कारमा समेत नोक्सानी भएको दाबी गरेका हुन् । एप्पलले भने हाल यस दाबीबारे अध्ययन गरिरहेको जनाएको छ ।

केही समयअघि मात्र कोरियाली फोन निर्माता कम्पनी सामसुङले यस्तै समस्या देखिएको कारण आफ्नो ग्यालेक्सी नोट सेभेनलाई खारेज गर्नुपरेको थियो ।

gsmarena_001प्रविधिसम्बन्धि फरच्युन नामक वेभसाइटका अनुसार म्याट जोन नाम गरेका ती व्यक्तिले आफ्नो आइफोन सेभेन कारमा छाडेर सर्फिङको कक्षा लिन गएका थिए ।

जब उनी कक्षा सकेर फर्किए उनको कारभित्र धुँवा भरिएको र उक्त फोन राखेको ठाउँ जलेको पाए ।

उनले उक्त घटनाको तस्विर पनि सेयर गरेका छन् जसमा उनको आइफोनको जलेर बाँकी भएको अंश देखाइएको छ ।

जोन्सका अनुसार उनले फोन पाइन्टको खल्तीमा राखेर सर्फिङ सिक्न गएका थिए ।
यता, एप्पलका प्रवक्ताले जोन्ससँग यसबारेमा कुरा भइसकेको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल