बालोन डि‘ओरको अन्तिम ३० मा बेल र रोनाल्डो

कार्तिक ९

बालोन डि‘ओरको अन्तिम ३० मा बेल र रोनाल्डो

cristianoronaldo-cropped_dxymegk6msd71ko1s38ukjzgvपेरिस – रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डो र गेराथ बेल २०१६ को बालान डि‘ओर अवार्डको अन्तिम ३० खेलाडीको सूचीमा परेका छन् ।

फ्रान्सको फुटबल पत्रिकाले सोमबार जारी गरेको खेलाडीहरुको प्रथम सूचीमा बेल र रोनाल्डो परेका हुन् । पत्रिकाले सोमबार हरेक २ घण्टामा ५ जनाको खेलाडीको नाम सार्वजनिक गर्नेछ ।

यो सूचीमा म्यान्चेस्टर सिटीका सर्जियो अगुएरो र केभिन डि ब्रुएन तथा एथ्लेटिको म्याड्रिडका एन्टोनी ग्रिजमान रहेका छन् ।

त्यस्तै, पिएरे एमरिक आउबामेयाङ, जियान लुइजी बुफोन, पाउलो डायबेला, डिएगो गोडिन र गोन्जालो हिग्वाइनको पनि नाम घोषणा गरिएको छ ।

बाँकी नाम आज साँझसम्म घोषणा हुनेछ ।

गत महिनामात्र फिफाले बालान डि‘ओरसँगको सहकार्य तोडेको थियो ।

फ्रान्स फुटबल संघले यो उपाधि सन् १९५६ देखि दिँदै आएको थियो । तर, पछिल्ला ६ वर्षमा फिफासँग सहकार्य गरेपछि यो फिफा बालोन डि’ओर बनेको थियो ।

गत साल लियोनेल मेस्सीले यो उपाधि किर्तिमानी पाँचौँ पटक जितेका थिए ।

रोनाल्डो र मेस्सीबाहेक पछिल्ले पटक सन् २००७ मा एसी मिलानका प्लेमेकर काकाले यो उपाधि जितेका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल