भ्रष्टाचार र म्याच फिक्सिङले नेपालको प्रतिष्ठामा आँचः खेलकूदमन्त्री

कात्तिक ८

भ्रष्टाचार र म्याच फिक्सिङले नेपालको प्रतिष्ठामा आँचः खेलकूदमन्त्री

काठमाडौं–युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपालीले भ्रष्टाचार र म्याच फिक्सिङका कारण विश्वसामु नेपाल र नेपालीको प्रतिष्ठामा आँच पुगेको बताएका छन् ।daljit

अखिल नेपाल फुटबल संघ (एन्फा)को १५ औं साधरणसभाको उद्घाटन समारोहलाई सोमबार सम्बोधन गर्दै मन्त्री श्रीपालीले विगत केही समय देखि अखिल नेपाल फुटबल सघमा देखिएको भ्रष्टाचार, अव्यवस्था र अस्थिरताले विश्वसामु नेपाल र नेपालीको प्रतिष्ठा गुमेको बताए ।
उनले भ्रष्टाचारजन्य क्रियाकलापवाट माथि उठ्न पनि नयाँ नेतृत्वलाई आग्रह गरे ।

मन्त्री श्रीपालीले विधिसम्मत र पारदर्शी ढंगले अघि बढ्न पनि नयाँ नेतृत्वलाई सुझाव दिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल