रियल शीर्ष स्थानमा तर रोनाल्डोको फर्म अझै सुध्रिएन

कार्तिक ८

रियल शीर्ष स्थानमा तर रोनाल्डोको फर्म अझै सुध्रिएन

39a53dd700000578-3865128-image-a-125_1477252964951म्याड्रिड – एथ्लेटिको बिल्बाओविरुद्ध संघर्षपूर्ण जीत निकाल्दै रियल म्याड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राती भएको खेलमा रियल २–१ गोल अन्तरले विजयी बनेको हो ।

इस्कोको पासमा फ्रेन्च स्ट्राइकर करिम बेन्जेमाले रियललाई खेलको ७ औं मिनेटमा नै अग्रता दिलाएका थिए । तर, ह्याभियर इरासोको बललाई क्लियर गर्न नसक्दा सबिन मेरिनोले खेलको २७ औं मिनेटमा खेल बराबरीमा ल्याए ।

निकै रोमाञ्चक खेलको दोस्रो हाफमा रियलले बिल्बाओमाथि दबाब राखे पनि अर्को गोलको लागि खेलको ८३ औं मिनेटसम्म पर्खनु परेको थियो ।

39a5973800000578-3865128-image-a-184_1477255498513
आफ्नो २४ औं जन्मदिनमा अल्भारो मोराटाले गेराथ बेलको पासमा गोल गर्दै रियललाई तीन अंक दिलाए ।

जीतसँगै बार्सिलोना र सेभियालाई उछिन्दै रियल लिगको शीर्ष स्थानमा उक्लेको छ । ९ खेलबाट रियलको २१ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको सेभियाको २० तथा तेस्रो स्थानमा रहेको बार्सिलोनाको १९ अंक रहेको छ ।
हिजो भएकै अन्य खेलमा एथ्लेटिको म्याड्रिड सेभियासँग १–० ले पराजित भयो ।

फर्ममा आएनन् रोनाल्डो

जितका वावजुद रियलका लागि गोल मेसिन रोनाल्डोको फर्म चिन्ताको विषय बनेको छ । उनले रियलको घरेलु मैदानमा गोल गर्न नसकेको १ महिनाबढी भइसकेको छ ।

39a56fbe00000578-3865128-ronaldo_has_so_far_struggled_to_find_his_best_form_for_madrid_th-a-8_1477257430971
हिजोको खेलमा पनि उनले कयौँ अवसरहरु गुमाए । उनी गोलपोष्टमा प्रहार गर्न नहिच्किचाए पनि गोल गर्न भने आत्मविश्वास कम भएको देखियो । खेलका अन्त्यतिर गोलकिपरसँग वान–अन–वानको स्थितिमा पनि गोल गर्न सकेनन् ।

सिजनको शुरुवात घाइते हुँदै गुमाएका रोनाल्डोले पछिल्ला ६ लिग खेलमा मात्र २ गोल गरेका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल