रणभुवनेश्वरीलाई टि–२० क्रिकेटको उपाधि

असोज २६  |   रामहरि गजुरेल

रणभुवनेश्वरीलाई टि–२० क्रिकेटको उपाधि

नुवाकोट–जिल्ला स्तरिय अन्तरमावि टि–२० क्रिकेट प्रतियोगिताको उपाधि रणभुवनेश्वरी उच्च मावि खड्गभञ्याङले उपाधि हात पारेको छ । नुवाकोट क्रिकेट संघद्वारा आयोजित सो प्रतियोगिताको मंगलवार सम्पन्न फाइनल खेलमा रणभुवनेश्वरीले सुभेनियर वोर्डिङ स्कुल संगमचोकलाई १४ रनले पराजित गरेको हो ।ranabhuwaneshwori

नुवाकोट आदर्श वहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न फाइनल खेलमा टस हालेर व्याटिङ गरेको रणभुवनेश्वरीले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउंदै एकसय २४ रन वनाएको थियो । जसमा सुमन धिताल २७, दिनेश चित्रकार २०, राजेश रिमाल १५, देवराज कारंजित १४ र विकास चित्रकारले १० रन वनाए ।

वलिङतर्फ सुभेनियरका सम्भ्रान्त डंगोल र उत्सव श्रेष्ठले २÷२ विकेट लिन सफल भए । एकसय २५ रनको विजयी लक्ष्य पहिल्याउंदै मैदानमा उत्रेको सुभेनियरले २० ओभरमा पुरै खेल्दै १० विकेटकै क्षतिमा जम्मा एकसय १० रन वनायो ।

जसमा कप्तान रुपेश डंगोल २५, निरज श्रेष्ठ १३ र रंजित अधिकारीले १२ रन वनाए । वलिङतर्फ राजन थापाले ३ तथा भेषराज रिमाल, विकास चित्रकार र विशाल चित्रकारले २÷२ विकेट लिन सफल भए । खेलमा २७ रन लिएका रणभुवनेश्वरीका सुमन धितालले मयान अफ दि म्याचको पुरस्कार पाए ।

विजेता रणभुवनेश्वरीले उपाधिका साथ आयोजकवाट २१ हजार रुपैया वरावरको क्रिकेटको खेल सामग्री पाएको छ । प्रतियोगितामा रणभुवनेश्वरीका राजेश रिमालले उत्कृष्ट व्याट्सम्यान, सुभेनियरका सम्भ्रान्त डंगोलले उत्कृष्ट वलर र उत्कृष्ट खेलाडि तथ रणभुवनेश्वरीका देवराज कारंजितले उदियमान खेलाडिको पुरस्कार जित्न सफल भए ।

गत भदौ २५ गतेदेखि नुवाकोटका १३ वटा माद्यमिक विद्यालयका खेलाडिहरुको सहभागिता रहेको सो प्रतियोगिता गत असोज ८ गते विद्यालयहरुमा त्रैमासिक परिक्षाका कारण १८ दिनपछि फाइनल खेल भएको आयोजक नुवाकोट क्रिकेट संघका अध्यक्ष केशव मिश्रले जानकारी दिए ।
प्रतियोतिापछि विजेता रणभुवनेश्वरी उच्च माविका खेलाडिलाई प्रमुख अतिथी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वुद्धिवहादुर प्रधान, नेपाली कांग्रेसका राजु थापा, निर्माण व्यवसायी संघका अध्यक्ष सुमन अधिकारी लगायतले शिल्ड, मेडल, प्रमाणपत्र र प्रमाणपत्रसहित क्रिकेट खेलका सामग्री वितरण गरे ।

प्रधानले खेल क्षेत्रको विकासका लागी खेलाडिले इमान्दार तथा अनुशासित भई खेल्नु पर्नेमा जोड दिनुभयो । उहाले जिल्ला खेलकुद विकास समिति खेलकुदको विकासमा सधै क्रियाशील रहने प्रतिवद्धता जनाए ।

उपविजेता सुभेनियर वोर्डिङ स्कुलका खेलाडिलाई नुवाकोट सितेरियो कराते संघका अध्यक्ष राजु थापाले शिल्ड, मेडल, प्रमाणपत्र र प्रमाणपत्रसहित पुरस्कृत गर्नुभयो । पुरस्कार वितरण समारोहमा जिल्ला सहकारी संघका उपाध्यक्ष रमेश श्रेष्ठ, हाम्रो विकास वैंकका प्रवन्धक ध्रुवकुमार मुडवरीलगायतले क्रिकेट खेलको विकासका लागी सबै क्षेत्रबाट अधिकतम प्रयास गर्नुपर्ने बताएका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल