जीतको यात्रा कायम राख्दै लिभरपुल दोस्रो स्थानमा, आर्सनल र टोटनहम रोकियो

कार्तिक ७

जीतको यात्रा कायम राख्दै लिभरपुल दोस्रो स्थानमा, आर्सनल र टोटनहम रोकियो

लिभरपुल – लिभरपुलले आफ्नो जीतको यात्रालाई कायम राख्दै वेस्ट ब्रोमलाई पराजित गरे पनि खेलको अन्त्यतिर गोल खाँदै प्रिमियर लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

जर्गन क्लपको टोलीले एनफिल्डमा भएको खेलमा नियन्त्रण राख्दै खेलको २० औं मिनेटमा साडियो मानेको गोलको मद्दतले अग्रता लियो ।
_92055429_coutinhogoalखेलको ३५ औं मिनेटमा फिलिपे काउन्टिन्होले लिभरपुलको अग्रता दोब्बर बनाए ।

दुई गोलको अन्तरले जीत निकालेको भए लिभरपुल शीर्ष स्थानमा उक्लने थियो तर म्याकआउलेले खेलको अन्तयतिर गोल गरेपछि लिभरपुल आर्सनलसँग समान अंक भए पनि लिगको दोस्रो स्थानमा सिमित बन्न पुग्यो ।

लिभरपुल आफ्नो घरेलु मैदानमा खेलिएका पछिल्ला १२ खेलमा अपराजित रहेको छ । सन् २०१४ को अप्रिलपछि अपराजित रहेको यो सबैभन्दा लामो श्रृंखला हो ।

उता, आर्सनल र टोटनहम हटस्पर्सले गोलरहित बराबरीमा रोकिएको छ । आर्सनललाई मिडलस्ब्रोले रोक्यो भने टोटनहम बोर्नेमाउथसँग रोकियो ।

त्यस्तै डिफेन्डिङ च्याम्पियन लेस्टर सिटीले घरेलु मैदानमा अपराजित रहेको यात्रालाई २० खेल पुर्याउँदै क्रिस्टल प्यालेसलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।

लेस्टरको जितमा अहमद मुसा, सिन्जी ओकाजाकी र क्रिस्टियन फुचले एक–एक गोल गरे ।

प्यालेसका लागि योहान काबायेले सान्तवना गोल गरे ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल