मेस्सीले जोगाए बार्सिलोनालाई

कार्तिक ७

मेस्सीले जोगाए बार्सिलोनालाई

बार्सिलोना – लियोनेल मेस्सीको दुई गोलको मद्दतले एक गोलले पछि परेको स्थिति उल्टाउँदै बार्सिलोनाले भ्यालेन्सियालाई ३–२ गोलअन्तरले पराजित गरेको छ । खेलको इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गर्दै मेस्सीले बार्सिलोनालाई ३ अंक दिलाएका हुन् ।
_92054342_lionelmessigetty3यसअघि खेलको पहिलो हाफमा विवादास्पद गोल गर्दै मेस्सीले बार्सिलोनालाई अग्रता दिलाएका थिए । मेस्सीले गोल प्रहार गर्दा लुइस सुवारेज अफसाइड थिए । तर, रेफ्रीले भने त्यसलाई अफसाइड दिएनन् ।

खेलको दोस्रो हाफमा भने ४ मिनेटको अन्तरालमा बार्सिलोनाबाटै भ्यालेन्सिया पुगेका मुनिर अल हडिडी र रोड्रिगोको गोलको मद्दतले भ्यालेन्सियाले २–१ को अग्रता लियो ।
यद्यपि, ६ मिनेटपछि नै लुइस सुवारेजले गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलको इन्जुरी समयमा पाएको पेनाल्टीलाई मेस्सीले गोलमा परिणत गर्दै जित दिलाए ।

भ्यालेन्सियाका गोलकिपर डिएगो आल्भेसले यसअघि ३५ मध्ये १७ वटा पेनाल्टी जोगाएका थिए । तर, मेस्सीले सजिलै त्यसलाई गोलमा परिणत गरे ।

जितसँगै बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लेको छ । तर, आइतबार हुने खेलमा एथ्लेटिको र रियल म्याड्रिड विजयी भए बार्सिलोना पुनः तल खस्किेछ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल