चार वर्षपछि युभेन्टसमाथि मिलानको जीत

कार्तिक ७

चार वर्षपछि युभेन्टसमाथि मिलानको जीत

_92056200_manuellocatelliafpमिलान – म्यानुयल लोकालेटीको एक मात्र गोलको मद्दतले एसी मिलानले युभेन्टसलाई पराजित गर्दै शीर्ष स्थानसँगको दुरी २ अंकमा घटाएको छ । मिलानले युभेन्टसलाई पराजित गरेको सन् २०१२ को नोम्भबरपछि पहिलो पटक हो ।

१८ वर्षीय मिडफिल्डरले खेलको दोस्रो हाफमा डि एरियाको छेउवाट सशक्त प्रहार गर्दै गोललाई जाली चुमाएका थिए ।

यसअघि, युभेन्टसले फ्रिकिकमार्फत गोल गरे पनि एक खेलाडी अफसाइड भएको भन्दै गोललाई मान्यता दिइएन ।

खेलमा युभेन्टसले दबाब राखे पनि गोल भने फर्काउन सकेन । खेलको अन्त्य तिर जर्मन मिडफिल्डर सामी खडिराको लामो दुरीको प्रहार मिलानका १७ वर्षीय गोलकिपर जियानलुइजी डोनारुमाले उत्कृष्ट बचाउ गरेका थिए ।

यसअघि लगातार ५ खेल जितेको युभेन्टस यस सिजन पनि इटालियन सिराआ ए को उपाधिको प्रमुख दाबेदार भएपनि युवा खेलाडीहरुले भरिएको मिलानले पनि पछिल्लो समय उत्कृष्ट खेल प्रदर्शन गरिरहेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल