इनियेस्टा ८ हप्ताका लागि मैदान बाहिर

कार्तिक ७

इनियेस्टा ८ हप्ताका लागि मैदान बाहिर

_92054758_iniesta_epaबार्सिलोना – बार्सिलोनाका कप्तान आन्द्रेस इनियेस्टा चोटका कारण कम्तिामा ६ देखि ८ हप्ता मैदान बाहिर रहने भएका छन् । शनिबार भ्यालेन्सियाविरुद्धको खेलमा उनको घुँडाको लिगामेन्टमा चोट लागेको थियो ।

खेलको १४ औं मिनेटमा एन्जो पेरेजले फल हानेपछि स्पेनिस मिडफिल्डर घाइते हुन पुगेका थिए ।

चोटका कारण उनले च्याम्पियन्स लिगको बाँकी समूह चरणका खेलहरु गुमाउन सक्ने छन् भने अगामी नोभेम्बर १ मा हुने म्यान्चेस्टर सिटीविरुद्धको खेल पनि गुमाउने छन् ।

यसअघि सिटीविरुद्धको खेलमा बार्साले जेरार्ड पिके र जोर्डी आल्बालाई पनि चोटका कारण गुमाएको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल