जापानमा हिमालयन टाइगरको महाभीडन्त हुने

कात्तिक ६

जापानमा हिमालयन टाइगरको महाभीडन्त हुने

काठमाडौं– नेपाल–जापान फ्रेण्डसिप सोसाइटीले आयोजना गर्न लागेको रेस्लिङ्ग शोमा भाग लिन जापान जान लागेका नेपालका प्रोफेसनल रेस्लर दि हिमालयन टाइगर (भरत बहादुर विसुराल) लाई सो खेलको सफलताको कामना गर्दै दि हिमालयन टाइगर प्रो. रेस्लिङ्ग असोशियसनले आज विदाई समारोहको आयोजना गरेको छ ।

himalayan-tigerकार्यक्रममा सो संस्थाका टिम मैनेजर चिरन शाक्यले नेपाली झण्डा टाइगरलाई हस्तान्तरण गरिएको छ । सो झण्डा दि हिमालयन टाइगरले जापानमा रेस्लिङ्ग खेल हुंदा रिङ्गमा नेपालको प्रतिनिधित्व हुने गरी फरफराउने छ । विदाई कार्यक्रममा पत्रकारहरुसंग बोल्दै टाइगरले नेपाल सरकारबाट कुनै सहयोग नपाएकोले दुःख ब्यक्त गर्दै आगामी दिनमा सहयोग पाउन आशा गरेको छ ।

नेपाल–जापानको ६० वर्ष दौत्य सम्बन्ध पुरा भएको अवसरमा जापानको परराष्ट््र्र मन्त्रालयको समेत स्विकृत र आतित्थ्यमा जापान–नेपाल फ्रेण्डसिप सोसाइटीले नेपाल र जापानमा गएको विनाशकारी भूकम्पका पीडितहरुको सहयोगार्थ हुन गैरहेको अक्टोबर २९ शनिबारको अतिथी खेलमा जापानका चर्चित रेस्लर तातसुमी फुचीनामी र नेपालका चर्चित रेस्लर दि हिमालयन टाइगर विच आकर्षक भीडन्त हुने भएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल