नेपाली क्रिकेट खेलाडी क्रिकेट खेल्न अमेरिका आउने

कार्तिक ६  |   विजय थापा

नेपाली क्रिकेट खेलाडी क्रिकेट खेल्न अमेरिका आउने

वाशिंगटन डिसी –नेपालका राष्ट्रिय क्रिकेट खेलाडी खेल्नका लागि अमेरिका आउने भएका छन् । कप्तान पारस खड्का ,बसन्त रेग्मी , शरद भेषावकर ,सिद्धान्त लोहनी लगायत ७ जना उत्कृष्ट खेलाडी क्रिकेट खेल्न अमेरिका आउन लागेका हुन् ।banner

उनीहरु अमेरिकाको टेक्सास राज्यको हुस्टनमा हुने प्रतियोगिताको लागि आउन लागेका हुन् । उनीहरुले नोवेम्बर ९ देखि १३ तारिख सम्म आयोजना हुने खेलमा सहभागी जनाउने छन् । खेल टोलीलाई पूर्णता दिन अमेरिकामा रहेका नेपाली राइनोज क्रिकेट क्लबका खेलाडीले साथ दिने छन् । खेलाडीसँग नेपाली समुदायसँग भेटघाटको कार्यक्रम पनि राखिएको छ ।

नोवेम्बर ६ मा मेरिल्याण्ड राज्यको हयात्सभिलमा घाइते राहत कोष वृद्धिको लागि मैत्रीपूर्ण तथा च्यारिटी (परोपकार) क्रिकेट खेल हुने छ ।
आयोजक ,नेपाली राइनोज क्रिकेट कल्ब नेपालका भूतपूर्व राष्ट्रिय खेलाडीहरुको पहलमा नेपालका क्रिकेट खेलाडीहरुलाई आर्थिक सहयोग गर्ने हेतुले स्थापना गरिएको हो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल