पानासोनिकले सार्वजनिक गर्यो ‘अदृश्य’ टेलिभिजन (भिडियोसहित)

कार्तिक ५  |   साइन्स अलर्ट

पानासोनिकले सार्वजनिक गर्यो ‘अदृश्य’ टेलिभिजन (भिडियोसहित)

panasonic-tvजापानको प्रतिष्ठित इलेक्ट्रोनिक कम्पनी पानासोनिकले आफ्नो नयाँ टेलिभिजन सार्वजनिक गरेको छ । निकै विशेष र अचम्मको यो नयाँ प्रविधियुक्त टेलिभिजन अदृश्य हुन्छ भन्दा तपाईंलाई अचम्म लाग्यो होला ।

अक्टोबर महिनाको पहिलो सातामा जापानमा आयोजित सीइएटीइसी इलेक्ट्रोनिक्स एक्सपोमा उक्त टेलिभिजन सार्वजनिक गरिएको हो, जसको स्विच अन गर्दा साधारण टेलिभिजन जस्तो देखिन्छ भने अफ गर्दा यो अदृश्य हुन्छ । अर्थात, बन्द गरिएको अवस्थामा यो पारदर्शी सिसाजस्तै हुन्छ जसबाट पछाडि राखिएका वस्तुहरु स्पष्ट देख्न सकिन्छ ।

पानासोनिकले यसलाई ‘भविष्यको डिस्प्ले स्क्रिन’ भनी वर्णन गरेको छ । तपाईंले अनुमान गरेजस्तै कम्पनीले पारदर्शी टेलिभिजन बनाउन प्रयोग गरिएको प्रविधिबारे केही बताएको छैन ।

म्याट स्मिथ इन्ग्याजेटका अनुसार टेलिभिजनको स्क्रिन सीसाको प्यानलबाट बनेको हो जसले ओएलइडी (ओर्गानिक लाइट–इमिटिङ डियोड) प्रविधि प्रयोग गर्दछ । यो प्रविधि अनुसार प्रत्येक पिक्सेल लाइट आफै बल्छ । यसलाइ पछाडिबाट लाइट दिइरहनुपर्दैन ।

ओएलइडी प्यानलमा दुईवटा इलेक्ट्रोडबिच एउटा पातलो प्लाष्टिक सीसाको स्ल्याबमाथि टाँसिन्छ । यसै कारण इलेक्ट्रिक सिग्नल बन्द भएपछि उक्त स्ल्याब वस्तुतः पारदर्शी हुने गर्दछ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल