फिफा बरियता : अर्जेन्टिनालाई पछ्याउँदै जमर्नी र ब्राजिल, नेपाल स्थिर

कार्तिक ५

फिफा बरियता : अर्जेन्टिनालाई पछ्याउँदै जमर्नी र ब्राजिल, नेपाल स्थिर

argentina-vs-germanyकाठमाडौं – २०१८ मा हुने फिफा विश्वकपको छनौट चरणका खेलहरुपछि फिफा बरियतामा फेरबदल देखिएको छ । अर्जेन्टिना शीर्ष स्थानमा कायम रहँदा जर्मनी र ब्राजिल दोस्रो र तेस्रो स्थानमा कायम रहेको छ ।

चेक रिपब्लिक र उत्तरी आयरल्याण्डलाई हराउँदै जमर्नीले अर्जेन्टिनासँगको दुरी १५६ अंकमा घटाएको छ । चिली छैटौं स्थानमा रहेको छ।

दोस्रो स्थानमा रहेको बेल्जियम चौँथो स्थानमा झरेको छ भने कोलम्बिया एक स्थानमा तल पाँचौमा झरेको छ । फ्रान्सले पनि युरो विजेता पर्चुगललाई उछिन्दै ७ औं स्थानमा उक्लेको छ ।

नवौँ र दशौं स्थानमा उरुग्वे र स्पेन रहेका छन् । वेल्स भने एक स्थान तल ११ मा रहेको छ भने इंग्ल्याण्ड र इटाली क्रमशः १२ औं र १३ औं स्थानमा रहेको छ ।

त्यस्तै, मोन्टिनेग्रो सबैभन्दा धेरै स्थानमाथि उक्लिएको छ । ४९ स्थानमाथि उक्लदै ५६ औं स्थानमा रहन सफल भएको छ भने साइप्रस सबैभन्दा धेरै ५२ स्थान तल झरेर १३९ औं स्थानमा पुगेको छ ।

दक्षिण एसियामा भारतको छलाङ
यता, दक्षिण एसियामा भने भारत ११ स्थानमाथि उक्लदै १३७ औं स्थानमा रहेको छ । त्यसपछि अफगानिस्तान र माल्दिभ्स क्रमशः १४५ र १५८ औं स्थानमा रहेका छन् ।

भुटान पनि १० स्थानमाथि उक्लदै १७९ मा उक्लेको छ । नेपाल भने स्थिर भएर १८६ औं स्थानमा कायम रहेको छ ।

नेपालपछि बंगलादेश, श्रीलंका र पाकिस्तान क्रमशः १८८, १९४ र १९७ औं स्थानमा रहेका छन् ।

 

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल