युनाइटेडको जीतमा पोग्बाको दुई गोल

कार्तिक ५

युनाइटेडको जीतमा पोग्बाको दुई गोल

म्यान्चेस्टर – पाउल पोग्बाको दुई गोलको मुद्दतले म्यान्चेस्टर युनाइटेडले फेनरबाचेबिरुद्ध सहज जित निकाल्दै युरोपा लिग अन्तरगत समूह ए को दोस्रो स्थानमा उक्लेको छ ।

कप्तान वेयन रुनी शुरुवाती ११ मा फर्किएको खेलमा युनाइटेडले धेरै अवसरहरु सृजना गर्न नसकेपनि पोग्बाले खेलको ३१ औं मिनेटमा युनाइटेडलाई अग्रता दिलाएका थिए ।

399008fc00000578-3856626-image-m-37_1476993439447त्यसपछि टर्किस क्लबले लगातार दुई वटा पेनाल्टी युनाइटेडलाई उपहार दिएको थियो । जसलाई एन्थोनी मार्सियाल र पोग्बाले गोलमा परिणत गरे ।

खेलको दोस्रो हाफको शुरुवातमा जेसे लिन्डगार्डले युनाइटेडको चौंथो गोल गरे ।

खेलको अन्तयतिर फेनरबाचेका लागि युनाइटेडका पूर्व खेलाडी रोबिन भान पर्सीले सान्तवना गोल गरे ।

विश्व किर्तिमानी ८.९ करोड पाउण्डमा युनाइटेड भित्रिएका पोग्बाले अपेक्षा अनुसार खेल प्रदर्शन गर्न नसकेको भनेर पछिल्लो समय निकै आलोचित बनिरहेको बेला बिहिबार राती भने उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।

छनौट खेलसहित युनाइटेड पछिल्ला १३ युरोपियन खेलमा अपराजित रहेको छ ।

अन्य खेलमा १० खेलाडीमा सिमित इन्टर मिलानले साउथह्याम्पटनलाई १–० गोलअन्तरले पराजित गर्यो ।

पहिलो हाफमा घरेलु टोलीमाथि दबाब राखे पनि पाएको अवसरहरुको सदुपयोग गर्न नसक्दा साउथह्याम्पटनले ३ अंक गुमाउनुपरेको थियो ।

समूह चरणको खेलमा इन्टर मिलानको यो पहिलो जित हो ।

उता, साख्तार डोनेस्कले केएए जेन्टलाई ५–० ले हरायो भने फ्लोरेन्टिनाले स्फोभान लिभरेकलाई ३–१ गोल अन्तरले पराजित गर्यो ।

भिल्लेरियाल र आयाक्स भने आ–आफ्नो खेलमा बराबरीमा रोकियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल