१३ वर्षपछि भारतीय भूमिमा न्युजिल्याण्डको रोमाञ्चक जीत

कार्तिक ५

१३ वर्षपछि भारतीय भूमिमा न्युजिल्याण्डको रोमाञ्चक जीत

253774नयाँ दिल्ली – भारतबिरुद्धको जारी एकदिवसीय श्रृंखालाको दोस्रो खेलमा न्युजिल्याण्डले ६ रनको रोमाञ्चक जित हासिल गरेको छ । फेरोज शाह कोटला रंगशालामा भएको खेलमा न्युजिल्याण्डले भारतीय भूमिमा भारतलाई सन् २००३ पछि पहिलोपटक हराएको हो ।

न्युजिल्याण्डले पहिलो ब्याटिङ गर्दै प्रस्तुत गरेको २४३ रनको लक्ष्य पछ्याएको भारत ४९.३ ओभरमा मात्र २३६ रनमा सिमित बनेको थियो ।

भारतका ब्याटसम्यानहरुले राम्रो शुरुवात गरे पनि त्यसलाई ठूलो स्कोरमा परिणत गर्न नसक्दा हार बेहोर्नु पर्यो ।

भारतका लागि केदार जादवले सर्वाधिक ४१ रनको योगदान दिए । उनले मात्र ३७ बलमा २ चौका र २ छक्का प्रहार गर्दै भारतलाई जीतको आशा दिलाएका थिए ।

Cricket - India v New Zealand 2nd ODI 20 Oct 2016त्यसबाहेक कप्तान महेन्द्र सिंह धोनी र हार्दिक पाण्डेयले क्रमशः ३९ र ३६ रनको योगदान दिए ।

अन्तिम ओभरसम्म रोमाञ्चक बनेको खेलमा भारत जितको नजिक पुगेपनि ४८.५ ओभरमा हार्दिक पाण्डेय आउट भएपछि जितबाट बञ्चित हुन पुग्यो ।

न्युजिल्याण्डका लागि टिम साउथीले ३ तथा ट्रेन्ट बोल्ट र मार्टिक गुप्टिलले २–२ विकेट लिए ।

यसअघि, टस हारेर ब्याटिङमा उत्रेको न्युजिल्याण्डका लागि कप्तान केन विलियमनसनको शतकीय पारीको मद्दतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४२ रन बनायो ।

जारी भ्रमणमा न्युजिल्याण्डले एक पनि टस जित्न सकेको छैन । तीन वटै टेस्ट र दुई एकदिवसीय खेलमा न्युजिल्याण्डले टस हारेको छ ।

253741-3विलियमसनले ११८ रन बनाउँदै भारतमा शतक बनाउने तेस्रो न्युजिल्याण्डका खेलाडी बन्न पुगे ।

उनले १२८ बलमा १४ चौका र एक छक्का हिर्काए । ठूलो स्कोरतर्फ अघि बढेको न्युजिल्याण्डले अन्तिम ६ विकेट मात्र ३६ रनमा गुमाएको थियो ।

भारतका लागि जसप्रित बुम्रा र अमित मिश्राले ३–३ विकेट लिए ।

जीतसँगै न्युजिल्याण्डले पाँच खेलको श्रृंखला १–१ ले बराबरी गरेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल