एमपिएल क्रिकेटमा राजविराजको विजयी सुरुवात

कात्तिक ४  |   विद्यानन्द विक्की

एमपिएल क्रिकेटमा राजविराजको विजयी सुरुवात

राजविराज– सप्तरीमा सञ्चालित मधेश प्रिमियर लिग (एमपिएल) क्रिकेटको दोश्रो संस्करण अन्तर्गत विहिवार भएको खेलमा बिराटनगरलाई ७ बिकेटले पराजित गर्दे युथ क्रिकेट एकेडमी राजबिराजले बिजयको सुरुवात गरेको छ ।

राजविराजमा संचालित खेलमा टस जितेर पहिले व्याटिङ्ग गर्दै गुराँस क्रिकेट कल्व विराटनगरले १९.५ ओभर खेल्दैले सबै बिकेट गुमाई ८० रनमै सिमित रहे । जसमा टिमका लागी अनिल यादव १६ रन प्रशान्त सिँह तथा कालीचरण यादबले १२÷१२ रन वाहेक कुनै खेलाडीले दोहोरो अंक पार गर्न सकेन ।
गुराँस टिमलाई सस्तोमा समेटिन बलिंग तर्फ युथका मिनाष थापाले ४ ओभरमा १३ रन खर्चेर घातक बलिंग गर्दे ३ बिकेट लिए पछि बिराटनगर टिमले राम्रो स्कोर गर्न सकेन, यसैगरी युथका मिकु मण्डल र बिवेक यादबले समान्य २÷२ बिकेट हात पारेका थिए ।mpl-sports

जवाफमा ८१ रनको लक्ष्य लिई मैदानमा ओर्लेका राजबिराज युथ एकेडमीले मिनाष थापाको उत्कृष्ट ब्याटिंग गरेपछि टिमले ११.१ ओभर खेल्दै आफनो ३ विकेट क्षतिमा बिजय हासिल गरेका थिए ।
जसमा टिमका लागी मिनाषले ३ चौकाको मदतले २६ रन, रवी रायले २० रन बनाएका थिए । बलिङ्गतर्फ बिराटनगरका अनिल यादब,महबुव ईराकीले १÷१ बिकेट लिएपनि टिमलाई जिताउन प्रयाप्त हुन सकेन ।

उक्त खेलको म्यान अफ द म्याच युथ एकेडमीका मिनाष थापा घोषित भएको आयोजकले जानकारी दिएका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल