केराबारीमा नक आउट भलिबल हुने

कात्तिक ४

केराबारीमा नक आउट भलिबल हुने

इटहरी – मोरङको केराबारी गाबिसमा जिल्ला स्तरिय नक आउट भलिबल प्रतियोगिता हुने भएको छ । खेलकुद बिकास समिति केराबारीले कर्तिक १० देखी १३ गते सम्म प्रतियोगिता आयोजना गर्ने भएको हो ।sport
बुधबार केराबारीमा पत्रकार सम्मेलनको आयोजना गरि खेलमा सुनसरी, मोरङ, झापा र धनकुटाबाट १६ वटा टिम सहभागी हुने बताइएको छ । दसै तिहार र छैठ पर्वको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक समितिका संयोजक तिलक लिम्बुले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमलाई २० हजार नगद सिल्ड, दोस्रोलाई १० हजार नगद सिल्ड र ५–५ हजार सान्तवना सहित उत्कृष्ट खेलाडीलाई पुरस्कार राशी राखिएको छ । खेल आयोजना गर्न एक लाख ६० हजार खर्च लाग्ने समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
प्रतियोगिताले मोरङ जिल्लाको उत्तरी भेग केराबारी गाबिसलाई खेलकुद जगतमा परिचित गराउन प्रतियोगिता आयोजना गरिएको खेलकुद बिकास समिति केराबारीका अध्यक्ष अर्जुन लिम्बुले जानकारी दिए ।
यस्तै केराबारी पहिलो पटक खेलकुद बिकास समितिको समितिको नयाँ कार्यसमितिको गठन गरिएको छ । अर्जुन लिम्बुको अध्यक्षतामा १७ सदस्य नयाँ कार्यसमिति गठन गरिएको हो । नव गठित समितिका पदाधिकारीहरुलाई खेलकुद बिकास समिति मोरङका कोषाध्यक्ष सुजय गौतमले सपथ खुवाएका थिए । सपथ तथा पत्रकार सम्मेलनमा केराबारीका राजनितिक दलका प्रतिनिधि, गाबिस सचिव तथा खेलाडीहरुको उपस्थिति रहेको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल