एनआरएन नेतृत्वका लागि तीन प्रत्यासी

असोज २६

एनआरएन नेतृत्वका लागि तीन प्रत्यासी

काठमाडौँ–गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को सातौँ अधिवेशन तथा विश्व सम्मेलन आगामी असोज २७ देखि ३० सम्म काठमाडौँमा हुने भएको छ ।new nrn

एनआरएनको नयाँ कार्यसमिति चयन तथा विश्व सम्मेलन दुई चरणमा हुनेछ, जसमा सातौँ अधिवेशन आगामी असोज २७ देखि २८ सम्म हुनेछ ।

आर्मी अफिसर्स क्लबमा आयोजना हुने वार्षिक साधारणसभाको एनआरएनका वर्तमान तथा पूर्व अध्यक्षले सामूहिक उद्घाटन गर्नेछन  ।

त्यसैगरी, २९ गते सोल्टी होटलमा आयोजना हुने एनआरएन विश्व सम्मेलनको राष्ट्रपति डा रामवरण यादवले उद्घाटन गर्नेछन् ।

विश्व सम्मेलनमा पर्यवेक्षकसहित एक हजार ५०० एनआरएन सदस्यले सहभागिता जनाउने बताइएको छ ।

एनआरएनको आगामी नेतृत्वका लागि अध्यक्षको प्रत्यासीमा वर्तमान अध्यक्ष शेष घले, उपाध्यक्ष टीबी कार्की र पूर्वमहासचिव रतन झाले उम्मेदवारी दिएको एनआरएन प्रवक्ता मन केसीले जानकारी दिए ।

अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष तथा अन्तर्राष्ट्रिय कार्यसमितिसहित १०० जनाभन्दा बढीको कार्यसमिति हुनेछ । सम्मेलनका लागि रु एक करोड खर्च लाग्ने बताइएको छ ।

विश्वका ७१ देशमा शाखा रहेको एनआरएनमा करिब ४० हजार सदस्य आबद्ध रहेको संस्थाले जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल