आसर्नलनको आधा दर्जन गोलमा ओजिलको पहिलो ह्याट्रिक

कार्तिक ४

आसर्नलनको आधा दर्जन गोलमा ओजिलको पहिलो ह्याट्रिक

लण्डन – मेसुट ओजिलको ह्याट्रिक तथा एलेक्सिस सान्चेज र थियो वाल्कोटको उत्कष्ट गोलको मद्दतले इंग्लिस क्लब आर्सनलले लुडोगोरेट्स राजग्राडविरुद्ध गोलको वर्षा गरेको छ ।

च्याम्पियन्स लिगको समूह ए अन्तरगतको खेलमा सान्चेजले उत्कृष्ट ‘चिप’ मार्फत गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।
_91991903_sanchez_rexत्यसपछि वाल्कोटले पनि उतिकै उत्कृष्ट प्रहार गर्दै अर्सानलको अग्रता दोब्बर बनाए । एलेक्स ओक्सालेड च्याम्बर्लिनले तेस्रो गोल थपे ।

खेलको दोस्रो हाफमा जर्मन मिडफिल्डर ओजिलले आफ्नो करियरको पहिलो ह्याट्रिक पूरा गरेपछि अर्सानल ६–० ले विजयी बन्यो ।

आर्सनलले सबै प्रतियोगिताहरुमा लगातार सातौं खेल जितेको छ जसमा २३ गोल गरेको छ भने ११ खेलमा अपराजित रहेको छ ।

उता, समूहकै अर्को खेलमा पेरिस सेन्ट जर्मेनले एफसी बासेललाई ३–० ले पराजित गर्यो ।

तर, गोल अन्तरका आधारमा आर्सनल समूहको शीर्ष स्थानमा रहेको छ।

_91989950_hi035949891
हिजो राती नै भएका अन्य खेलहरुमा बायर्न म्युनिखले तीन खेलको जितविहिन यात्रालाई अन्त्य गर्दै डर्च क्लब पिएसभी इन्डहोभनलाई ४–१ गोल अन्तरले पराजित गर्यो ।

बायर्नलाई जीत दिलाउन थोमस मुलर, जोसुवा किमिच, रोबर्ट लेवान्डोस्की, आयन रोबेनले एक एक गोल गरे भने पिएसभीका लागि लुसियानो नरसिंहले एकमात्र गोल गरे ।

त्यस्तै एथ्लेटिको म्याड्रिडले एफसी रोस्तोभलाई १–० ले पराजित गर्यो भने इटालियन क्लब नापोली भने आफ्नै घरेलु मैदानमा बेसिक्टाससँग २–३ गोलअन्तरले पराजित बन्यो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल