ग्वार्डिओलाको टोलीबिरुद्ध मेस्सीको ह्याट्रिक, अर्को किर्तिमान

कार्तिक ४

ग्वार्डिओलाको टोलीबिरुद्ध मेस्सीको ह्याट्रिक, अर्को किर्तिमान

3986d1d300000578-3852820-image-a-60_1476907202301क्याम्प नाउ – आफ्नो पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाको टोलीविरुद्ध लियोनेल मेस्सीले ह्याट्रिक गरेपछि १० खेलाडीमा सिमित बनेको म्यान्चेस्टर सिटीमाथि बार्सिलोनाले ४–० को जित हासिल गरेको छ ।

च्याम्पियन्स लिग अन्तरगत बुधबार राती भएको खेलको पहिलो हाफमा सिटीले प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरे पनि आफ्नै गल्तीका कारण खेल गुमाउनु पुग्यो ।

खेलको १७ औं मिनेटमा डि एरियाभित्र फर्नान्डिन्हो लडेको फाइदा उठाउँदै मेस्सीले बार्सालाई अग्रता दिलाए ।

3986d6c700000578-3852820-image-a-64_1476907500897
खेलको दोस्रो हाफको शुरुवातमा नै सिटीका गोलकिपर क्लाउडियो ब्राभोले डि एरिया बाहिर बललाई समातेपछि रातो कार्ड खाँदै मैदान छाड्नुपर्यो ।

त्यस लगत्तै मेस्सीले अर्को गोल थपे । त्यसको आठ मिनेट पछि लुइस सुवारेजको पासमा गोल गर्दै मेस्सीले आफ्नो ह्याट्रिक पूरा गरे ।

39874de300000578-3852820-serbian_referee_milorad_mazic_shows_city_s_no_1_a_straight_red_c-a-9_1476916402486
च्याम्पियन्स लिगको पछिल्ला ८ खेलमा मेस्सीको यो १० औं गोल हो ।

योसँगै मेस्सी प्रतियोगितामा घरेलु मैदानमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । उनले हालसम्म च्याम्पियन्स लिगको घरेलु मैदानमा ५० गोल गरेका छन् ।

उता, जेरेमी म्याथ्युले लगातार दुईवटा पहेँलो कार्ड खाँदै मैदान छाड्नुपरेपछि बार्सिलोना पनि अन्तिम १५ मिनेट १० खेलाडीमा सिमित भएको थियो ।

398788d500000578-3852820-despite_barcelona_s_dominance_now_they_too_were_reduced_to_10_me-a-16_1476916402665
खेलको अन्त्यतिर विली काबालेरोले नेयमारको पेनाल्टीलाई रोके पनि त्यसलगत्तै नेयमारले बार्साका लागि चौँथो गोल गरे ।

बार्सिलोनाले सन् २०१५–१६ को सिजनको शुरुवातदेखि २७ मध्ये ११ पेनाल्टीलाई गोलमा परिणत गर्नबाट चुकेको छ । जीतसँगै समूह सीमा बार्साले शतप्रतिशत नतिजालाई कायम राख्दै सिटीमाथि ५ अंकको अग्रता बनाएको छ ।

च्याम्पियन्स लिगमा चार गोल खाएको सिटीको यो पहिलो अवसर हो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल