मेस्सीलाई सिटी भित्र्याउन ग्वार्डिओलाको अफर

कार्तिक ३  |   एजेन्सी

मेस्सीलाई सिटी भित्र्याउन ग्वार्डिओलाको अफर

397b95fd00000578-0-image-a-31_1476811992824म्यान्चेस्टर – म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लियोनेल मेस्सीले बार्सिलोना छाड्न तयार भए सिटीले उनलाई अनुबन्ध गर्न तयार रहेको बताएका छन् ।

कुनै दिन मेस्सीले बार्सिलोना छाड्न तयार भए सिटी नै उनको पहिलो गन्तव्य हुने र ग्वार्डिओलाले उनलाई मनाउन सक्ने सिटीले विश्वास लिएको छ ।

बुधबार राती बार्सिलोनासँग च्याम्पियन्स लिगको खेलअघि बार्सिलोनाका पूर्व प्रशिक्षक रहिसकेका ग्वार्डिओलाले २९ वर्षीय मेस्सी नयाँ चुनौती सामना गर्न लालायित हुन सक्ने बताए ।

397e67d000000578-3848732-image-a-2_1476813408684‘म मेस्सीले यहीँ (बार्सिलोना)मा नै आफ्नो करियरको अन्त्य गरोस् भन्ने चाहन्छु,’ ग्वार्डिओलाले भने, ‘तर, उनी यहाँ छाडेर अन्त्य जानका लागि सोच्न पनि सक्छन् । सायद आफ्नो छोरा–छोरीले अंग्रेजी बोलोस् भन्ने पनि चाहनसक्छन् वा नयाँ अनुभव लिन पनि चाहनसक्छन् । यो हामी धेरैलाई भएको छ । सायद त्यो हुनसक्छ ।’

यसअघि स्पेनिस मिडियाले ग्वार्डिओलाले सिटीमा आएपछि बार्सिलोनाका कयौँ खेलाडीलाई क्लबमा भित्र्याउन खोजेको रिपोर्ट प्रकाशित गरेको थियो । जसलाई उनले खण्डन गरेका छन् ।

यद्यपि, उनले बार्सिलोनबाट गोलकिपर क्लाउडियो ब्राभोलाई अनुबन्ध गरिसकेका छन् । ‘म चाहन्थे मार्क आन्द्रे टेर स्टेगेन सिटी आउन् । तर, पछि ब्राभोलाई अनुबन्ध गरेँ,’ ग्वार्डिओलाले भने, ‘तर, यदी तपाइँहरुले मेस्सी, नेयमार, सुवारेज, बुस्केट, इनिएस्टाको कुरा गर्दै हुनुहुन्छ भने मैले कसैलाई फोन गरेको छैन ।’

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल