अन्तिम १६ मा छनौट नजिक लेस्टर, टोटनहम रोकियो

कार्तिक ३  |   एजेन्सी

अन्तिम १६ मा छनौट नजिक लेस्टर, टोटनहम रोकियो

लेस्टर – प्रिमियर लिगमा खराब फर्ममा गुज्रिरहेको इंग्लिस च्याम्पियन लेस्टर सिटीले च्याम्यिन्स लिगमा भने आफ्नो उत्कृष्ट लय कायम राख्दै लगातर तेस्रो जीत हासिल गरेको छ ।

मंगलबार राती भएको खेलमा एफसी कोपनहेगनलाई १–० गोलअन्तरले पराजित गरेको हो । जीतसँगै लेस्टर प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गर्न मात्र एक जीत टाढा रहेको छ ।

397f54fd00000578-3849074-image-a-36_1476821179075खेलको ४० औं मिनेटमा रियाद महारेजले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

अब नोभेम्बर २ मा डेनमार्कमा जित हासिल गरे नकआउट चरणमा प्रवेश गर्नेछ ।

जीतपछि लेस्टरका प्रशिक्षक क्लाउडियो रानिएरीले च्याम्पियन्स लिगको लयलाई प्रिमियर लिगमा जारी राख्न नसकेकोमा आक्रोश व्यक्त गरे ।

च्याम्पियन्स लिगमा अपराजित लेस्टर लिगमा भने चौँथो पराजयसँगै लिगको १३ औं स्थानमा सिमित बनेको छ ।

3980044800000578-3848824-image-a-35_1476825098391
हिजो भएको अन्य खेलमा अर्को इंग्लिस क्लब टोटनहम हटस्पर्स भने जर्मन क्लब बायर लेभरक्युजनसँग गोलरहित बराबरीमा रोकिएको छ ।

त्यस्तै, सिएसकेए मस्को र मोनाको बीचको खेल पनि १–१ को बराबरीमा रोकिएका छ ।

उता, समूह एचमा भने युभेन्टस र सेभिया समान १–० गोलअन्तरले विजयी बने ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल