क्लार्कले भने, ‘वाटसन टोलीमा ‘ट्युमर’ थिए’

कार्तिक ३  |   एजेन्सी

क्लार्कले भने, ‘वाटसन टोलीमा ‘ट्युमर’ थिए’

सिड्नी – अस्ट्रेलिया पूर्व कप्तानले आफूलाई टोलीमा ‘ट्युमर’ को संज्ञा दिएपछि सेन वाटसनले त्यसको प्रतिवाद गरेका छन् ।

क्लार्कको आत्मकथामा सन् २०१३ मा भएको घटनाको बारेमा उल्लेख गरिएको छ । जसमा उनले टोलीका केही खेलाडीहरुलाई ट्युमरको संज्ञा दिँदै ‘उनीहरुलाई ठीक नगरे क्यान्सर बन्ने’ बताएका छन् ।

_91978795_gettyimages-454350825
यसको प्रतिवाद गर्दै वाटसनले उक्त प्रतिक्रियाले अरुभन्दा पनि क्लार्क कस्तो व्यक्ति हुन् भन्ने झनै स्पष्ट पारेको बताए ।

मेलबर्नमा एक कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै आफूले त्यो समयको विवादलाई भूल्न चाहेको तर फेरि त्यही कुरा दोहोरिँदा दुःखी भएको बताए ।

राष्ट्रिय क्रिकेट टोलीबाट सन्यास लिइसकेका अस्ट्रेलियाका पूर्व उप–कप्तान समेत रहेका वाटसनले भने, ‘हामीले सन्यास लिइसकेको दुई–तीन वर्षपछि पनि त्यही कुरा दोहोरिनु निकै दुःखद् कुरा हो ।’

यो घटना भारतमा भएको टेस्ट श्रृंखलाका दौरान भएको थियो । जहाँ प्रशिक्षकले भनेको काम पूरा नगरेको भन्दै वाटसनसहित ४ जना खेलाडीहरुलाई घर फिर्ता पठाइएको थियो ।

अदालतबाट चुहिएको गोप्य दस्तावेजमा प्रशिक्षक मिकी आर्थरले क्लार्कले वाटसनलाई राष्ट्रिय टोलीको क्यान्सरको संज्ञा दिएको खुलासा गरेका छन् ।

केही समयअघि क्लार्कले एउटा खेलाडी नभएर त्यतिबेला टोलीका केही खेलाडीहरुमाथि आफूले त्यस्तो प्रतिक्रिया दिएको स्पष्टिकरण दिएका थिए । ‘के ति खेलाडीहरुमा वाटसन पनि थिए ?,’ भन्ने प्रश्नको जवाफमा उनले भने, ‘हो, वाटनसन पनि थिए ।’

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल