विशाल जितका बावजुद रियल समूहको दोस्रो स्थानमा सिमित

कार्तिक ३  |   एजेन्सी

विशाल जितका बावजुद रियल समूहको दोस्रो स्थानमा सिमित

397f32ce00000578-0-image-a-31_1476818625283म्याड्रिड – गेराथ बेलले सन् २०१४ पछि पहिलो पटक च्याम्पियन्स लिगमा गोल गरेपछि डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले लेगिया वार्सलाई ५–१ गोलअन्तरले पराजित गरेको छ ।

बेलले खेलको १६ औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । लगत्तै वार्सका टोमास जोडलोविचले आत्मघाती गोल गरेपछि रियलले अग्रता दोब्बर बनाए ।

तर, त्यसको तीन मिनेटपछि नै वार्सले पेनाल्टी पायो । जसलाई मिरोस्लाभ राडोभिचले गोलमा परिणत गरे ।

पहिलो हाफ सकिन लाग्दा च्याम्पियन्स लिगमा डेब्यु गरिरहेका मार्को असेन्सियोले रियलका लागि अर्को गोल थपे ।

खेलको दोस्रो हाफमा लुकास भाजक्वेज र अल्भारो मोराटाले गोल गरेपछि रियलले ५–१ को सहज जित हासिल गर्यो ।

397f498000000578-0-image-a-42_1476820330132
खेलमा क्रिस्टियानो रोनाल्डोले विपक्षीको पोष्टमा ९ वटा प्रहार गरे पनि कुनै पनि गोल गर्न सकेनन् । उनी ९८ गोलमा नै रोकिएका छन् ।

रियल सबै प्रतियोगितामा पछिल्ला २४ प्रतिस्पर्धात्मक खेलमा अपराजित रहेको छ ।

397f3e8b00000578-0-image-a-14_1476819663093
यसका बावजुद समूह एफमा बोरुसिया डर्टमण्डपछि दोस्रो स्थानमा सिमित रहेको छ । दुवै टोलीको समान ७ अंक रहेपनि गोलअन्तरको आधारमा रियल दोस्रो स्थानमा रहेको हो ।

हिजै भएको समूहको अर्को खेलमा डर्टमण्डले स्पोर्टिङ लिजबनलाई २–१ गोलअन्तरले पराजित गर्यो । बोरुसियाका लागि पिएरे एमरिक आउबामेयाङ र जुलियन विजेलले एक–एक गोल गरे भने स्पोर्टिङका लागि ब्रुनो सिजारले एक मात्र गोल गरे ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल