खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि ढुङ्गेलाई

असोज २५  |   रामहरि गजुरेल

खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि ढुङ्गेलाई

नुवाकोट–नुवाकोट क्रिकेट संघको आयोजनामा सञ्चालित जिल्लामा नै पहिलोपटक सर्वाधिक पुरस्कार राशीको नुवाकोट जिल्लाब्यापी खुल्ला क्रिकेट प्रतियोगिताको उपाधी ढुङ्गेले जितेको छ । ढुङ्गे र नक्षत्र ‘ए’ बिच भएको फाईनल खेलमा नक्षत्र ‘ए’ ८७ रनले बिजयी भएको हो । criket sports first temm
टस जितेर पहिले ब्याटिङ गरेको ढुङ्गेले २० ओभरमा ४ बिकेट गुमाउदै १६३ रन बनायो । ढुङ्गेको तर्फबाट सन्जय शाहले ६८ र अर्पण कुवरले २७ रन बनाए । बलिङतर्फ नक्षत्र ‘ए’ विराटमान सिंह डंगोल र राजन अधिकारीले १÷१ विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको नक्षत्र ‘ए’ १५ दशमलव १ ओभरमा ७६ बनाउदै अलआउट भयो । नक्षत्र ‘ए’ को तर्फबाट सुशान्त तिमिल्सिनाले २७ र योगेश भाटले १९ रन बनाए । बलिङतर्फ नक्षत्र ‘ए’ का अर्पण कुँवरले ४ र सन्जय शाहले ३ विकेट लिए । खेलमा ढुङ्गेका सन्जय शाह म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिताको बेस्ट ब्याट्सम्यान नक्षत्र ‘ए’ का सुशान्त तिमिल्सिना,बेस्ट बलर नक्षत्र ‘बि’ का सुमन न्यौपाने र म्यान अफ दि सिरिज ढुङ्गेका सन्जय शाह भए ।
८ टिमको सहभागीता रहेको उक्त प्रतियोगिताको विजयी टिमलाई उपाधी प्रदान गर्दै समापन प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले गर्नु भएको थियो । आयोजक नुवाकोट क्रिकेट संघका अध्यक्ष दुर्गाराज पाठकका अनुसार प्रतियोगितामा पहिलो हुनले २० हजार रुपैयाँ र दोस्रो हुने विजयी टिमलाई १० हजार रुपैयाँसहितको पुरस्कार राशी र ट्रफी हात प्राप्त गरेका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल